५ आश्विन २०८१ शनिबार
image/svg+xml

ठूला दललाई चुनावमा हराउनुपर्छ: राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत माओवादी लगायतका ठूला दलहरूलाई यो चुनावबाट पाखा लगाउनुपर्ने बताएका छन्।

राप्रपाद्वारा उम्मेदवारलाई ज्यान मार्ने धम्कीप्रति चिन्ता व्यक्त

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गोकर्णेश्वर–५ का वडाध्यक्ष पदका उम्मेदवार सन्तोष अर्याललाई ज्यान मार्ने धम्की आएको भन्दै चिन्ता व्यक्त गरेको छ।

निर्वाचनमा तालमेलको कुरा चलेको छैनः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन।

सूर्य चिह्नमा राप्रपा नेपाल

सहमतिमा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका तर्फबाट स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। यी दुई दलबीच स्थानीय तह निर्वाचनमा देशभरका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ।

राप्रपालाई सहयोग गर्नुस्, घरमा थन्काएका नोटलाई कागजको खोस्टामा परिणत गरिदिन्छौँ: लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका छन्।

प्रमुख पार्टीलाई मत दिनु भनेको देश बर्बाद बनाउनु होः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बर्बाद बनाउनु भएको बताएका छन्।

ठूला दलबाट परिर्वतन खोज्नु साँढे दुहुनु जस्तै हो: लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान ठूला राजनीतिक दलहरुबाट परिवर्तनको अपेक्षा गर्नु साँढे दुहुन बसे जस्तै भएको बताएका छन्।

'कांग्रेस, एमाले र माओवादीले राप्रपाविरुद्ध भ्रम छरे'

'हाम्राे देशमा कांग्रेस, एमाले र माओवादीहरूले लालु यादवले जनतालाई पुल बनायाे भने त पुलिसले आएर तिमीहरूलाई पक्रेर लान्छ त्यहीं पुलबाट भने जस्तै राप्रपालाई निर्वाचनमा जितायाैँ भने त राजा आउँछ नि त भनेर तर्साउने काम गरिराखेका छन्, याे भ्रमबाट हामी मुक्त हुनुपर्छ।'

एमाले र राप्रपाबीच चुनावी तालमेल केन्द्रित छलफल

नजिकिँदै गरेको स्थानीय तहको चुनावसँगै त्यसभन्दा पछाडि हुने संघ र प्रदेशको चुनावका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाबीच छलफल भएको छ।

कम्युनिष्ट र कांग्रेसको वैचारिक मार्गचित्रको विकल्प देशलाई आवश्यक छ: राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिढी बनाएका कारण वैदेशिक सम्बन्ध खल्बल्लिन पुगेको बताएका छन्।

राप्रपा केन्द्रीय सदस्यमा रेखा थापासहित १४ जना मनोनीत (नामावलीसहित)

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

प्रधानन्यायाधीश राणाको पक्षमा राप्रपा

मंगलबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले जबरामाथि लगाइएको महाअभियोगले न्याय क्षेत्रमा देखिएको बेथिति समाधान नगर्ने निष्कर्ष निकाल्दै सो प्रस्तावको पक्षमा उभिन नसक्ने प्रष्टयाएको हो।

कमल थापा राप्रपा नेपालको अध्यक्ष

निर्वाचन आयोगमा राप्रपा नेपाल दर्ता गराएका लाक्पा तामाङले आइतबार थापालाई राप्रपा नेपाल जिम्मा लगाएका छन्। आइतबार नै तामाङले राजीनामा गरे अनि थापा अध्यक्ष भए।

राप्रपा केन्द्रीय कार्य समितिको बैठक फागुन ११ गते बस्ने

(राप्रपा)को आगामी फागुन ११ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बस्ने भएको छ।

राप्रपा पदाधिकारी बैठक आज बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पछिल्लो समय देखा परेको विवाद समाधानका लागि पदाधिकारी बैठक यही माघ २७ गते काठमाडौँमा बोलाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्