coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सूर्य चिह्नमा राप्रपा नेपाल

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेको सूर्य चिह्न लिएर चुनाव लड्ने भएको छ। बुधबार एमाले र राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने पाँचबुँदे सहमति भएको हो। जसअनुसार राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर चुनाव लड्नेछन्।

सहमतिमा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका तर्फबाट स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। यी दुई दलबीच स्थानीय तह निर्वाचनमा देशभरका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ।

राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने र एमालेले राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमतिमा उल्लेख छ। ‘नेकपा एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने, सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आआफ्नो पार्टी केन्द्रमा पठाउने र केन्द्रीय तहको अनुमतिपश्चात् सहमति कार्यान्वयन गर्ने,’ सहमति पत्रमा उल्लेख छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने। निजहरू निर्वाचित भएपश्चात् पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै आबद्ध रहनेछन्।’

छलफलका क्रममा राप्रपा नेपालका उम्मेदवारले एमालेको सूर्य चिह्न लिएर निर्वाचन लड्ने सहमति भएको महामन्त्री श्रेष्ठले जानकारी गराए। ‘राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्’, उनले भने, ‘उनीहरू निर्वाचित भएपश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा आबद्ध रहनेछन्।’

प्रकाशित: १ वैशाख २०७९ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App