४ वैशाख २०८१ मंगलबार
राजनीति

राप्रपाद्वारा उम्मेदवारलाई ज्यान मार्ने धम्कीप्रति चिन्ता व्यक्त

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गोकर्णेश्वर–५ का वडाध्यक्ष पदका उम्मेदवार सन्तोष अर्याललाई ज्यान मार्ने धम्की आएको भन्दै चिन्ता व्यक्त गरेको छ।

नेपाली कांग्रेसलाई हराउन खोजेको भन्दै अर्यालका नजिकका व्यक्तिले धम्की दिएको भन्दै राप्रपाले व्यक्तिको पार्टी छनोट गर्ने अधिकारलाई चुनौती दिएमा वा गलत भनिएमा लोकतन्त्रको विकास हुन नसक्ने बताएको छ।

राप्रपाले आज एक सूचना जारी गर्दै पार्टीका उम्मेदवारलाई आफ्नो एजेण्डा, सुरक्षा र दोषीमाथि कारबाही घोषणा गर्न सुरक्षित वातावरण बनाउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो। घटनाबारे स्थानीय प्रशासनलाई पहिल्यै जानकारी गराइएको राप्रपाले जनाएको छ। अर्याल केही दिनअघि मात्रै कांग्रेस छाडेर राप्रपामा प्रवेश गरेका थिए।

प्रकाशित: १७ वैशाख २०७९ ०६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App