२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मुक्तिनाथ यात्रामा जान पाउँदा ज्येष्ठ नागरिकमा छायो उल्लास

‘मेरो ‘मुक्तिनाथ अथवा कुनै ठूलो तीर्थस्थल जाने पहिलेदेखिको चाहना हो, आर्थिक अभावले त्यो पूरा भएको थिएन्’ उनले भने, ‘मुक्तिनाथको यात्रामा जान पाउँदा धेरै खुशी लागेको छ।’

त्रिवेणी स्पिनिङमा प्रहरी र मजदुरबीच झडप, डिएसपीसहित १० जना घाइते

झडपमा परी इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युबराज तिमिल्सिनासहित १० जना प्रहरी समेत घाइते भएका र घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको थापाले बताए।

डेंगु रोगको जोखिम कायमै, डेंगु नियन्त्रणका लागि लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्न आग्रह

जिल्लामा डेंगुबाट उपचारका क्रममा दुई जनाको मुत्यु भइसकेको छ। धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिला गत भदौ १४ गते धनगढीस्थित निसर्ग अस्पतालमा र टीकापुर नगरपालिका– ६ की १२ वर्षीया बालिकाको नेपालगञ्जमा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकमा उल्लेखित छ।

सडक मानव मुक्त शहर बनाउन इटहरी उपमहानगरपालिका सक्रिय

१४ वर्षीय बालक दिपेनलाई तत्काल प्रहरीले उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरियो। पछि सञ्चो भएपछि विराटनगर प्रहरीको जिम्मा लगाइएको थियो।

इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादीमा प्रवेश

२०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए।

नेपालगन्जको बजारमा वेथिति नै वेथिति

त्यस्ता वस्तु बेच्ने तथा कानुन विपरीत तरिकाले व्यापार गर्नेहरुलाई तत्काल कारबाही गरिनुका साथै आगामी दिनमा गल्ती नदोहोर्‍याउन निर्देशन पनि दिइएको छ। अनुगमन टोलीले अनुगमन गर्ने क्रममा सबैभन्दा बढी म्याद गुज्रेका वस्तुहरु बेचिरहेको फेला परेको छ।

बुटवलका सडकमा खुला दुध बेच्न रोक

उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्यरूपमा दर्ता गर्न र खुलारूपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह गर्ने निर्णय गरेको हो।

बुटवलमा पार्किङकाे समस्या

बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र अमरपथ, विपीचोक, राममन्दिर लाइन (रामपथ), सङ्गमपथ, जेसिसचोक, हाटबजार लाइन लगायतका बजार क्षेत्रमा सवारीसाधन पार्किङ गर्ने स्थानको अभाव छ।

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा ३ सय बेडमा स्तरोन्नति हुने

आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको त्रिपक्षीय सहमतिमा २०५३ सालमा बुटवल उपमहानगरपालिका वडा नं. ७ (साविक वडा नं. ९) मा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्थापना गरिएको थियो।

बुटवलमा दशैँ सस्तो बजार सुरु

बुटवलको बजार विस्तारै स्थानान्तरण हुँदै गएको बताउँदै उनले बुटवलको गौरव र आकर्षलाई बढाउनको लागि स्थानीय तथा संघसंस्थाहरुले पनि सोच्ने बेला आएको बताए। बुटवललाई पर्यटकको आकर्षण केन्द्र बनाउन वडा नं. १ को पुरानो बुटवल (बटौली) लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले कामको थालनी गरेको जानकारी दिए।

नागरिकता बनाइदेउ भन्दा सौतेनी आमामाथि खुकुरी प्रहार

हत्या गरिएको दिन भदौ ३० पनि तेतरी देवीले श्रीमानसँग नागरिकता बनाउनको लागि भन्दा घरमा सौतेनी आमाको सन्तानहरुसँग झगडा भएको थियो। नागरिकता बनाउनका लागि झगडा गरेर बाहिर बसिरहेको अवस्थामा जयकिशोरले घाँटीमा नै खुकुरी प्रहार गरेपछि तेतरीको मृत्यु भएको बोग्टीले बताए।

टरिगाउँ विमानस्थल जसरी नि बन्नुपर्छः मेटमणि चौधरी

बिहीबार तुलसीपुर उपमहानगरपालिकाका स्थित विमानस्थलको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन्। उनले टरिगाउँ विमानस्थल बनाउनको लागि सरकाले पनि कुनै किसिमको अवरोध गर्न नहुने बताए।

विद्यार्थीलाई माटो छुने संस्कृतिको शिक्षा दिनुपर्छः मेयर साम्पाङ

सम्पूर्ण विद्यालयहरुलाई यो कुरा बुझन र बुझाउन आग्रह गर्दछु। हामी उत्पादक भयौँ भने मात्र देश अगाडि बढ्छ र देश विकास हुन्छ। हामीले विदेश-विदेश-विदेश भन्छौँ हामीमा श्रम गर्ने शिक्षा नै भएन, श्रम गरेनौं, श्रम गर्ने संस्कृति भएन चल्न भएन त्यसले गर्दा हामी अल्छी भयौँ नत्र स्वदेशमा नै उत्पादन गरेर आम्दानी गर्न सक्छौँ।’

एमाले निकट अनेरास्ववियूले क्याम्पसमा तालाबन्दी गरेपछि जग्गा गडबढी प्रकरण छानविनमा समस्या

‘अहिलेसम्म जग्गा दाता कार्की परिवारले क्याम्पसमै आएर गुनासो गरेकोमा त्यसबारे बुझन पूराना माइनुट हेर्दा क्लियर हुन्छ,’

विद्यालय हिडेका तीन बालक बेपत्ता

बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएको आफन्तहरूले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्