१२ मंसिर २०८१ बुधबार
image/svg+xml

उपभोक्ता सचेतना बढाउँदै टीकापुर नगरपालिका

कैलालीको टीकापुर नगरपालिकाले ठगिनबाट जोगाउन उपभोक्ता सचेतना बढाउँदै लगेको छ। यसका लागि नगरपालिकाले बजार अनुगमन लगायतका कार्यक्रम नियमित गरिरहेको जनाएको छ।

जिल्ला कै पहिलो बाणगंगा नगरपालिका बालश्रम मुक्त घोषणा

कपिलवस्तुको बाणगंगा नगरपालिकालाई जिल्ला कै पहिलो बाल श्रममुक्त नगरपालिका घोषणा गरिएको छ।

श्रीमतीलाई आगो लगाइ हत्या, श्रीमान् पक्राउ

पत्नीलाई आगो लगाइ हत्या गरेको आरोपमा मोरङको रंगेली नगरपालिका–१ बिर्ता बजारमा २३ वर्षीय तिलका मल्लिकलाई प्रहरीले पक्राउ गरेको छ।

छोराको उपचार गर्दागर्दै साढे १५ लाख ऋणसहित सुकुम्बासी बनेका दम्पतिको दर्दनाक व्यथा!

‘माया त लाग्छ नी, तर के गर्नु न हामी उसको उपचार गर्न सक्छौं, नत उसलाई सध्ये अवस्थामा देख्न नै सक्छौं’ मानसिक सन्तुलन गुमाएका छोराको उपचारमा श्रीसम्पत्ति गुमाए पनि छोराको दैनिकी सहज नहुँदाको पीडाले थलिएकी ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ फूलबारीकी नरमाया भट्टराईको यस्तो बिलौनाले जोे कोहीलाई भावुक बनाउँछ।

शुक्लाफाँटाले मेट्रिक ठेगाना प्रणाली कार्यान्वयनमा ल्याउँदै

शहरी क्षेत्रलाई व्यवस्थापन गर्न शुक्लाफाँटा नगरपालिकाले मेट्रिक ठेगाना प्रणाली (मेट्रिक एड्रेसिङ सिस्टम) कार्यान्वयनमा ल्याउन लागेको छ।

बेनी नगरपालिकाको सबै वडाको आफ्नै भवन

म्याग्दीको बेनी नगरपालिकाको सबै वडा कार्यालयको आफ्नै भवन निर्माण भएको छ। चारवटा नयाँ भवन निर्माण भएसँगै बेनी नगरपालिकाका १० वटै वडाको आफ्नै भवन बनेका हुन्।

त्रियुगाका सबै वडामा विपद् व्यवस्थापन समिति गठन

केही दिनयता बढेको वर्षाको क्षतिको प्रतिकार्यका लागि त्रियुगा नगरपालिकाले नगर र वडा स्तरीय ‘विपत व्यावस्थापन समिति’ गठन गरेको छ। नगरपालिकामा बिहीबार बसेको सर्वपक्षीय बैठकले नगरस्तरीय मुल समिति र १६ वटै वडास्तरीय समिति गठन गरेको हो।

विपद्को तयारी सुस्त

गत शुक्रबार राति पोखरा महानगरपालिका–२५, हेम्जाको म्याग्दीटोल, सुन्दरपुरी र खहरेटारीका बस्ती डुबानमा परे। यसअघि कहिल्यै डुबानमा नपरेको त्यो बस्तीमा यो पटक भेल पस्यो।

प्रविधिमैत्री बन्दै किसान

राप्तीसोनारी गाउँपालिका–७, फत्तेपुरका किसानमा पाँच वर्षअघि कुनै उत्साह थिएन। पुरानै प्रविधि, मिहिनत बढी तर उत्पादन कम। यस्तो अवस्थामा नयाँ पुस्ताका युवामा कृषि पेसाप्रति आकर्षण थिएन। निर्वाहमुखी कृषि मात्रै चलिरहेको थियो।

सर्वनाम शिक्षालयका वार्डेन पुर्पक्ष थुनामा

राजधानीको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टेलका वार्डेन रामजी बस्नेत यौन दुर्व्यवहारको आरोपमा जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले बिहीबार उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो।

धादिङको गल्छिमा बस दुर्घटना हुँदा ४१ जना घाइते

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छि गाउँपालिका–४ चिरौँदी पुल नजिकै बस दुर्घटना हुँदा चालकसहित ४१ जना घाइते भएका छन्।

अख्तियारको निरीक्षक भन्दै पैसा असुल्ने तीन जना पक्राउ

महोत्तरीको जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरुसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राऊ गरेको छ।

बालिकाको शवसहित तीन जना पक्राउ

पर्सामा बालिकाको शवसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्