५ वैशाख २०८१ बुधबार
समाज

जिल्ला कै पहिलो बाणगंगा नगरपालिका बालश्रम मुक्त घोषणा

कपिलवस्तुको बाणगंगा नगरपालिकालाई जिल्ला कै पहिलो बालश्रम मुक्त नगरपालिका घोषणा गरिएको छ। नगरपालिकाको ११औँ नगर सभाले पारित गरेको बजेट सार्वजनिकीरण तथा बालश्रम मुक्त घोषणा कार्यक्रममा नगरपालिकालाई बालश्रम मुक्त नगर घोषणा गरिएको हो।

बालश्रमका सबै सुचक र मापदण्ड पूरा गरेपछि बाणगंगा नगरपालिकाकालाई बालश्रमुक्त घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए। नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशिला पन्थले नगरपालिकामा बाल श्रमको तथ्यांक तथा प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

सम्पूर्ण प्रतिबद्धता वाचन गरी हस्ताक्षरसहित नगर प्रमुख अर्यालले बालश्रम मुक्त नगर घोषणा गरको थिए। ११ वडा रहेको बाणगंगामा सबै वडालाई बालश्रम मुक्त गरेर सिंगो नगर बालश्रम मुक्त भएको प्रमुख अर्यालले बताए। कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले बाणगंगा नगरपलिका जिल्ला कै पहिलो बालश्रम मुक्त भएकोमा बधाइ दिइन्।

उनले यसलाई कायम राख्नु पर्ने उनले बताइन्। उनले बालश्रम मुक्त नगर घोषणा भएर मात्र नहुँने भन्दै यसलाई निरन्तरता दिन आवश्यक रहेको बताइन्। उनले समयमै बजेट सार्वजनिक गर्न सफल भएको भन्दै बजेटको शतप्रतिशत कार्यान्वयन हुनुपर्नेमा जोड दिइन्। उनले बाणगंगाको विकासका लागि राजनीतिक स्वार्थभन्दा माथि रहेर सबै जनप्रतिनिधि, संघ संस्था तथा नगरवासी एकजुट हुनुपर्ने उनले बताइन्।

कार्यक्रममा प्रदेश सदस्य बिष्णु पन्थी, जिल्ला समन्वय प्रमुख बावुराम आचार्य लगायतले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट १ अर्व ४९ करोड १७ लाख ८९ हजार रुपैयाँ बजेट सार्वजनिक गरिएको थियो। सभाले आगमी आर्थिक वर्षको नीति, कार्यक्रम बजेट पारित गरेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।

प्रकाशित: १८ असार २०७९ १२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App