८ मंसिर २०८१ शनिबार
image/svg+xml

नेपाली कांग्रेसमा अन्तर्घात भन्ने रोग छ: देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा अन्तर्घात भन्ने रोग रहेको बताएका छन्।आज जनकपुरमा कांग्रेस मधेस प्रदेश सम्मेलनको सम्बोधन गर्दै देउवाले कांग्रेस पार्टीमा रहेको अन्तर्घात रोग जनकपुरबाटै अन्त्य गर्नुपर्ने बताए।

एमालेभित्रै अन्तरघात भएको हो त?

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी समूहबीच लामो समयदेखि टकराव छ। बेलाबेला उनीहरुबीच अस्वस्थ प्रतिष्पर्धा चल्ने गर्छ। त्यो प्रतिष्पर्धा अहिले पनि उत्तिकै छ।

अन्तरघातको आरोप लगाएर राजनीतिक अपराधीकरण भयोः पहारी

नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा संघका पूर्व केन्द्रीय अध्यक्ष राजिव पहारीले पार्टीका केही व्यक्तिहरुले आफूमाथि अन्तर्घातको आरोप लगाएर राजनीतिक अपराधिकरण गरेको आरोप लगाएका छन्।

देउवाकाे चेतावनीः उपनिर्वाचनमा अन्तर्घात भए असह्य र अक्षम्य हुन्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने चेतावनी दिएका छन्।

जागरण अभियानको सन्देश

कांग्रेसमा २०४८ सालदेखि सतहमा देखिएको अन्तर्घातको खेल आजसम्मै छ। प्रत्यक्ष देखिएर विपक्षमा उभिने भन्दा पार्टी संगठनभित्रै रहेर प्रत्यक्ष/अप्रत्यक्ष धुलो पार्नेहरू बढी खतरनाक हुन्छन्।

सभापतिदेखि मुख्यसचिवविरुद्ध उजुरी, कारबाही होला ?

नेपाली कांग्रेसका सभापतिदेखि कार्यालयका मुख्यसचिवसम्मलाई कारवाही गर्न माग गर्दै उजुरी दर्ता भएको छ।अनुशासन समितिले पार्टी हितविपरीत काम गर्नेविरुद्ध उजुरी माग गरेपछि सभापति शेरबहादुर देउवादेखि केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलसम्मलाई कारवाही माग गर्दै उजुरी दर्ता भएको हो।

अन्तर्घातको उजुरी परेका कँडेल र राठोरलाई के होला?

यी दुवै केन्द्रीय सदस्य अहिले अनुशासन समितिका सदस्य छन्। कँडेल प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै नवलपरासीको बर्दघाट–सुस्ता पश्चिम क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिले कारबाहीको माग गर्दै पार्टी जिल्ला समितिलाई सिफारिस गरेको थियो।

अन्तर्घात गर्ने जतिसुकै ठूला नेता भए पनि कारवाही हुन्छ : डा कोइराला

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गत निर्वाचनमा पार्टीका उम्मेदवारप्रति अन्तर्घात गर्ने जतिसुकै ठूला नेता भए पनि कारवाही गरिने बताएका छन्।

अन्तर्घातले पार्टी हार्यो : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्घातले नै पार्टी हारेको बताएका छन्। पछिल्लो पटक गरिएको निर्वाचनमा नेपाली काँग्रेसले कम सिट जित्नुको पछाडी आफ्नो मात्र दोष नरहेको उनले दाबी गरे।

एमालेद्वारा चुनाबमा अन्तर्घात गर्ने ६२ लाई कारवाही

नेकपा (एमाले) कपिलवस्तुले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै एकैपटक ६२ जनालाई कारबाही गरेको छ।कारबाहीमा जिल्ला नेतादेखि साधारण सदस्यसमेत परेका छन्। कारबाहीस्वरुप केहीलाई जिल्ला कमिटीबाट हटाइएको छ भने केहीलाई निलम्बन गरिएको छ।

अन्तर्घातीमाथि कारबाहीमा दलहरू हच्किए

तीनवटै ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रले पहिलो र दोस्रो चरणको स्थानीय तह चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने घोषणा गरे पनि कार्यान्वयनमा असफल भएका छन् ।

अन्तर्घातकाे अन्तरकथा : कार्यकर्तालाई कारवाही, नेतालाई छुट

चुनावको २ महिनापछि बिहिबारदेखि सदरमुकाम चरिकोटमा चलेको जिल्ला कांग्रेसको चुनावी समिक्षा बैठकमा महासमितिदेखि जिल्ला कार्य समिति सदस्य र गाउँ सभापतिसम्मले बैशाख ३१ गतेको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कार्बाहीको आवाज उठ्यो।

अन्तर्घातीलाई कारबाही हुन्छ : देउवा

नेपाली कांग्रेसका शीर्ष नेताहरूले 'अन्तर्घात' का कारण स्थानी तहको पहिलो र दोस्रो चरण निर्वाचनमा पार्टी दोस्रो भएको बताएका छन्। स्थानीय तहको तेस्रो चरण निर्वाचन तयारीका क्रममा बिहीबार प्रदेश नम्बर २ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद्, जिल्ला र क्षेत्रीय सभापतिको भेलालाई सम्बोधन गर्दै शीर्ष नेताहरूले उक्त कुरा बताएका हुन्।

अन्तर्घातका कारण काँग्रेस पहिलो हुन सकेन : देउवा

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टीका विरुद्ध अन्तर्घात गर्नेलाई तत्काल कारबाही हुने बताएका छन्।

अन्तर्घात गर्ने ९ एमाले नेता कारबाहीमा

नेकपा एमाले खोटाङले स्थानीय तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेद्वारका बिरुद्धमा बागी उम्मेद्वार दिने र अन्तरघात गर्ने ९ नेता तथा कार्यकर्तालाई कारबाहीका लागि सिफारिस गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्