१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्ने भएको छ। पार्टीका अनुसार आज दिउँसो १ बजे बीपी स्मृति भवनस्थित केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने भएको हो।

बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा छलफल हुने छ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।  

प्रकाशित: १ चैत्र २०८२ ०६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App