१ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका इरानसँग युद्ध अन्त्य गर्न तयार छैन : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल इरानसँग युद्ध अन्त्य गर्ने सम्झौताका लागि आफू तयार नभएको बताएका छन्। अहिलेसम्म प्रस्तुत गरिएका सर्तहरू पर्याप्त नभएको उनको भनाइ छ।

'इरान सम्झौता गर्न चाहन्छ, तर म अहिले सम्झौता गर्न चाहन्न किनकि सर्तहरू राम्रो छैनन्। कुनै पनि सम्झौता धेरै बलियो हुनुपर्छ,' ट्रम्पले एक अन्तर्वार्तामा भने।

सम्झौताका सर्तहरू के हुन सक्छन् भनेर सोध्दा ट्रम्पले विस्तृत रूपमा बताउन अस्वीकार गरे।

प्रकाशित: १ चैत्र २०८२ ०८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App