१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

बालेन्द्रले गरे 'पीएमफरनेपाल' नामको जिमेल अकाउन्ट अपडेट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री नियुक्त नहुँदै सो पदसँग जोडेर आफ्नो जिमेल अकाउन्ट अपडेट गरेका छन्।

बालेन्द्रको फेसबुकमा ‘balenforpmnepal@gmail.com’ नामको जिमेल अकान्ट अपडेट भएको देख्न सकिन्छ।

उनको पार्टी रास्वपाले प्रतिनिधिसभामा बहुमत प्राप्त गरेको छ। उनी प्रधानमन्त्रीका उम्मेदवारको रूपमा उम्मेदवार बनेका थिए। पार्टीले बहुमत प्राप्त गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चत छ। यद्यपी, प्रधानमन्त्रीका लागि प्रक्रिया पूरा नहुँदै बालेन्द्रले गरेको अकाउन्ट अपडेट सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।

प्रकाशित: १ चैत्र २०८२ ०७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App