१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अर्घाखाँचीमा दुई पुरुषको मृत्यु

भुमिकास्थान–८ का ५० वर्षीय पुरुषको श्वासप्रश्वासमा समस्या देखिएपछि १३ गते अर्घाखाँची अस्पतालमा भर्ना गरिएको थियो। समस्या बढेपछि बिहीबार उनलाई काठमाडौ लगिएको थियो । उपचारकै क्रममा उनको शुक्रवार मृत्यु भएको हो।

सहायक प्रजिअलाई कोरोना देखिएपछि अर्घाखाँची प्रशासन बन्द

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालसहितका कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासनमा अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ।

अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशकै पहिलो

अर्घाखाँची अस्पताल न्यूनतम सेवा मापदण्ड पूरा गर्ने सरकारी अस्पतालमा लुम्बिनी प्रदेशकै पहिलो बनेको छ।

गोठ भत्काएर घामपानी छेक्दै विपन्न, पालिकाले वितरण गर्ने टिन हुनेखानेलाई मात्र

मालारानी गाँउपालिका वडा नम्बर–५, आरुखोरका चन्द्रबहादुर बिक टिन पाउने आसले दर्जन भन्दा बढीचोटी वडा र पालिकामा धाए। गत असारमा उनको ढुङ्गाले छाएको घर भत्किएपछी उनी गोठमा बस्दै आएका थिए। पच्चिस वर्ष अँघी बनाएको पुरानो गोठको छाना चुहिएपछी त्यो पनी बस्न लायक भएन। पटक पटक वडा कार्यालय र पालिका धाएपछी उनले टिन पाउने आश्वासन पाए।

अर्घाखाँचीका कुना–कन्दरामा बस

भूमिकास्थान नगरपालिकाको साम्नेगाउँमा पहिलोपटक बस पुगेको छ। भूमिकास्थान–१, साम्नेगाउँको छेडापोखरीमा आइतबार लु२ख ४९३२ नम्बरको बस पुगेपछि स्थानीय खुसी भएका छन्।

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या शून्य

अर्घाखाँची जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ। सन्धिखर्क नगरपालिकाका दुईजना निको भएर घर फर्किएसंगै सक्रिय संक्रमितको संख्या शून्य भएको हो। गत जेठ १२ गते पाणिनी गाउँपालिकाका दुई जनामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमितको संख्या शून्यमा झर्दा हालसम्म अर्घाखाँचीका ८ सय एक जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन अर्घाखाँचीको तथ्याङ्कमा उल्लेख छ।

आमासँगै जंगली च्याउ खाएकी छोरीकी पनि मृत्यु

भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा थप एक जनाको ज्यान गएको छ। आईतवार मृत्यु भएकी रामकला महत्राकी ७ वर्षिय छोरी बिपा महत्राको पनी उपचारको क्रममा गएराती मृत्यु भएको हो।

अर्घाखाँचीमा आठ जनाको रिपोर्ट नेगेटिभ, ३० जना क्वारेन्टाइनमा

अर्घाखाँचीबाट अहिलेसम्म कोरोना भाइरस संक्रमणको परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ। पछिल्लो पटक अर्घाखाँची अस्पतालबाट पठाइएका दुई जनाको स्वाब परीक्षण गर्दा रिपोर्ट ’नेगेटिभ’ आएसंगै अर्घाखाँचीबाट आशंका गरिएका ८ जनाकै रिपोर्ट नेगेटिभ आएको हो। सबै आठ जनाकै परीक्षण रिपोर्ट आएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए।

अर्घाखाँचीमा १६ जना क्वारेन्टाइनमा

सन्धिखर्कको हटारीनेटामा निर्माण गरिएको क्वारेन्टाइनमा बस्नेको संख्या १६ पुगेको छ। सबै १६ जना भारतबाट रोजगारी गरी घरमा फर्किएका हुन्।

नेकपाले अबिर, खादा र माला नलगाउने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी अर्घाखाँचीले कुनै पनि कार्यक्रममा अबिर, खादा र माला नलगाउने निर्णय गरेको छ।

अर्घाखाँचीमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर–४, धारापानी र वडा नम्बर–१० धनचौरमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ।

‘अर्घाखाँची सिमेन्टको गुणस्तर सवालमा कुनै सम्झौता गरिएको छैन’

–आधा दशकमा उत्पादन क्षमता सात सयबाट तीन हजार टन पु¥याउनुले सिमेन्ट गुणस्तरीय भएको र बजार लिइरहेको स्पष्ट हुन्छ। ‘बजार हिस्सा लिन नसके कुनै पनि उद्योगीले उत्पादन क्षमता बढाउँदैन। चालु वर्ष सिमेन्टको मागमा कमी आएको छ। तर, गुणस्तरीय उत्पादन दिन सके बजार अभाव हुँदैन।

अर्घाखाँची–३ मा नेपाली कांग्रेस विजयी

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–३ को निर्वाचनमा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका छन्।

अर्घाखाँची ३ मा ७३.८९ प्रतिशत मत खस्योे

अर्घाखाँचीको मालारानी गाँउपालिका वडा नम्बर ३ को एक वडा अध्यक्ष पदका लागी मतदान भएको छ ।

अर्घाखाँची दुर्घटनाको कारण पत्ता लगाउन, छानबिन समिति गठन

सन्धिखर्कको नरपानीमा बुधबार १९ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनाको छानबिन गर्न समिती गठन भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्