७ वैशाख २०८१ शुक्रबार
समाज

अर्घाखाँचीमा दुई पुरुषको मृत्यु

अर्घाखाँचीमा शुक्रबार दुई जनाको मृत्यु भएको छ। भुमिकास्थान नगरपालिका वडा नम्बर–८ का ५० वर्षीय पुरुष कोरोनाका कारण र मालारानी गाउँपालिका वडा नम्बर–२ का ४८ वर्षीय पुरुषको शंकास्पद मृत्यु भएको हो।

भुमिकास्थान–८ का ५० वर्षीय पुरुषको श्वासप्रश्वासमा समस्या देखिएपछि १३ गते अर्घाखाँची अस्पतालमा भर्ना गरिएको थियो। समस्या बढेपछि बिहीबार उनलाई काठमाडौ लगिएको थियो । उपचारकै क्रममा उनको शुक्रवार मृत्यु भएको हो।

मालारानी–२ का ४८ वर्षका पुरुष भने बिहीबार राती मात्र भारतको गुडगाउँबाट फर्केका थिए। उनलाई ज्वरो आउने, रुघाखोकी, शरिर दुख्ने जस्ता लक्षण देखिएका थिए। लक्षण कोरोनाकै जस्तो भए पनि पिसिआर परीक्षण नगरेकाले कोरोना नै हो भन्ने पुष्टी नभएको वडा अध्यक्ष बिष्णु भुसालले बताए।

शुक्रबारसम्म अर्घाखाँचीमा कोरोना सक्रिय संक्रमितको संख्या १ सय ९ पुगेको छ ।सन्धिखर्क नगरपालिकामा ५५, भुमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १३, छत्रदेव गाउँपालिकामा १२, मालारानी गाउँपालिकामा १० र पाणिनी गाउँपालिकामा ४ जना सक्रिय संक्रमित रहेका जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।

अर्घाखाँचीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।

प्रकाशित: १७ वैशाख २०७८ १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App