१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अर्घाखाँची ३ मा ७३.८९ प्रतिशत मत खस्योे

अर्घाखाँची- अर्घाखाँचीको मालारानी गाँउपालिका वडा नम्बर ३ को एक वडा अध्यक्ष पदका लागी मतदान भएको छ ।

आदर्श मावी खनदह र सुन्दरा अवी सावडाँडा गरी दुई मतदान स्थलका चार केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको हो।

कुल ३ हजार एघार मतदाता रहेको सो क्षेत्रमा  २२२५ जनाले मतदान गरेका छन । आदर्श मावी खनदहमा ११६९ र सुन्दरा आवी सावडाँडामा १०५६ जनाले गरी कुल मतदाताले मतदान गरे । १२२४ महिला र १००१ पुरुषले मत दिए। कुल मतदाताको  ७३.८९ प्रतिशत मत खसेको हो ।

भयरहित र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

आजै आचारसंहिता बनाएर मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यकालले जनाएको छ । यो क्षेत्रमा नेकपा र कांग्रेसबिच कडा प्रतिस्पर्धा छ ।

प्रकाशित: १४ मंसिर २०७६ १२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App