२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

नेपालगन्ज उपमहानगरपालिकामा कछुवा गतिमा मतगणना

नेपालगन्ज उपमहानगरपालिकाको मतगणना कछुवा गतिमा चलिरहेको छ। फितलो व्यवस्थापनका कारण गणना कार्य द्रुत गतिले अगाडी बढ्न नसकेको हो। मतगणना ढिलो हुँदा मतपरिणाम सुन्न बाहिर बसेका सर्वसाधारण आक्रोशित भइरहेका छन्।

कास्कीमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

कास्कीमा करिब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। कास्कीको पाँचवटै पालिकाको एभरेज मत प्रतिशत करिब ६५ प्रतिशत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए।

उदयपुरमा केहीबेर चुनाव स्थगित भइ पुन: सुचारु

वर्षाका कारण उदयपुरमा केहीबेर चुनाव रोकिएर पुन: सुचारु भलको छ। दिउँसो ३ः३० वजे एक्कासी पानी परेपछि केहीबेर मतदान कार्य रोकेर सुचारु गर्नु परेको हो।

मतगणनास्थलमा तारजालीसहित सिसी क्यामेरा जडान

मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिकाको मतगणनाका लागि तारबार र सिसी क्यामेराबाट निगारानी गर्न सकिने गरी मतगणनास्थल तयार पारेको छ।

स्थानीय तह निर्वाचन: धनुषामा तयारी तीव्र

आसन्न स्थानीय तह निर्वाचनको समय नजिकिंदै जाँदा मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले तयारी तीव्र पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्