१९ वैशाख २०८१ बुधबार
image/svg+xml

चिनी उद्योग संचालन गर्न नसकिने बताएपछि किसानहरुले लिए जमिन फिर्ता गर्नुपर्ने अडान

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स चलाउन नसकिने संचालकहरुले बताएका छन् । उद्योगपतिले उद्योग संचालन गर्न नसके किसानहरुको जमिन फिर्ता गर्नुपर्ने अडान किसानहरुले लिएका छन्।

परीक्षा दिने सर्लाही, नाम निकाल्ने गुल्मी

आव २०७९/८० मा आन्तरिक र खुलातर्फ ४ लाख ८३ हजार २०३ जनाले लोकसेवा परीक्षा दिन अनलाइन प्रणालीमार्फत दरखास्त दिएका थिए। फाराम भर्नेमध्ये ३ हजार ६७५ उम्मेदवार मात्र स्थायी नियुक्तिका लागि सिफारिस भए।

‘छठको आदिभूमि’मा सर्वधर्म पर्व

लोक पर्वको छठको ‘आदिभूमि’ भनेर चिनाउँदै रौतहटको समनपुरस्थित बागमती किनारको छठघाटलाई दुलहीझैं सजाइएको छ।

चक्कु प्रहारबाट घाइते युवकको मृत्यु

गत शनिवार चक्कु प्रहारबाट घाइते भएका रौतहटको राजदेवी नगरपालिका ६ का २० वर्षीय युवक राहुल साहको उपचारको क्रममा मृत्यु भएको हो।

छुट्टाछुट्टै घटनामा रौतहटमा तिन जनाको मृत्यु

रौतहटका विभिन्न छुट्टाछुट्टै घटनामा तिन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालक, महिला र जिल्ला बाहिरका पुरुष रहेका छन्।

एउटा पालिकामा एकै दिन दुई प्रमुख हाजिर हुन आएपछि...

रौतहटको वृन्दावन नगरपालिकामा एकै दिन दुई कार्यालय प्रमुख हाजिर हुन आएपछि जनप्रतिनिधि विभाजित भएका छन्।

फर्निचर पसलमा आगलागीले करोडौँको क्षति

रौतहटको गरुडामा एउटा फर्निचर पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । रौतहटको गरुडा नगरपालिका ४ गरुडा बजारस्थित अंशु ट्रेडर्समा आगलागी हुँदा फर्निचरका अनेकौँ सामग्रीका साथमा इलेक्ट्रोनिक सामग्रीहरू खरानी भएका छन्। आगलागीबाट साढे तीन करोडभन्दा बढीको क्षति भएको पसलका संचालक राम जनम साहले बताएका छन्।

मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

एक साताअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटकी ४० वर्षकी रीतादेवी दास रहेकी छिन्।

मधेसमा दलित भूमिहीनता

बस्तीका मानिस प्रायःजसो सबै इँटा बनाउने तथा घोडा जोतेर चलाउने गाडा (टाँगा) ले इँटा ओसारपसार गरेर जीविका चलाउने गर्छन् ।

छुरा प्रहारबाट रौतहटमा एक युवकको हत्या

आपसी विवादका कारण छुरा प्रहारबाट रौतहटमा एक युवकको हत्या भएको छ। रौतहटको कटहरिया नगरपालिका ५ मा साना साना बालबालिकाहरू खेल्ने विषयमा भएको विवादले झगडाको रुप लिएको थियो। शुक्रवार राति झगडाको क्रममा मारपिट भएपछि विपक्षीको छुरा प्रहारबाट २५ वर्षीय सुनिल राय यादवको मृत्यु भएको छ।

रौतहट कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

रौतहटको कारागार कार्यालय गौरमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ। जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि कैदीबन्दी त्रासमा बस्नुका साथै दैनिक क्रियाकलापमा समेत सास्ती भोग्न बाध्य छन्।

ट्रकको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएपछि रौतहटमा तनाव

ट्रकको ठक्करबाट रौतहटमा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। रौतहटको फतुवा विजयपुर नगरपालिकाको सन्तपुर दोस्तिया चोकमा ना ५ ख ३४५१ नम्बरको ट्रकको ठक्करबाट मोटरसाइकल चालक फतुवा विजयपुर नगरपालिका १ का ३५ वर्षीय उमेश यादवको मृत्यु भएको हो।

सरकारले दिएन उखुको रकम, किसानलाई घरबार चलाउनै मुस्किल

सरकारले उखु किसानलाई भुक्तानी गर्नुपर्ने रकम नपठाउँदा रौतहटका उखु किसान मर्कामा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्