९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

छुट्टाछुट्टै घटनामा रौतहटमा तिन जनाको मृत्यु

रौतहटका विभिन्न छुट्टाछुट्टै घटनामा तिन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालक, महिला र जिल्ला बाहिरका पुरुष रहेका छन्।

रौतहटको चन्द्रपुर नगरपालिका ४ मिलन चोकस्थित जुगश्वर राय यादवको घरमा डेरा लिई विगत ६ महिनादेखि बसेर मिस्त्रीको काम गरिरहेका एक युवकको मृत्यु भएको छ। मिस्त्रीको काम गर्दै आएका दोलखा जिल्लाको जिरीका ३५ वर्षीय पेम्बाली शेर्पा कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यसै गरी राजदेवी नगरपालिका ९ ब्रह्मपुरीका वीरेन्द्र दासको १० वर्षका छोरा गौतम दासको बागमती नदीमा डुबेर मृत्यु भएको छ । बागमती नदीमा नुहाउने क्रममा अचानक डुबी घाइते भई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पु¥याउँदा चिकित्सकले बालकलाई मृत घोषणा गरेको हो।

यसै गरी चन्द्रपुर नगरपालिका ५ राजपैडाका महिलाहरूको समूह जंगलमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु हुनाका साथै दुई जना घाइते भएको सार्वजनिक भएको छ। मृत्यु हुनेमा राजपैडाकी ५५ वर्षीया मनिया धामी र घाइते हुनेमा ५३ वर्षीया अघनिया देवी चौधरी र ६० वर्षीया पनावती देवी रहेका छन्।

घटनाहरूबारे प्रहरीले प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दामोदर केसीले जानकारी गराएका छन्।

प्रकाशित: ५ कार्तिक २०८० १४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App