६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

झुलाघाटमा मोटरेवल पुल सधैँको चुनावी एजेण्डा

‘झुलाघाटमा मोटरेवल पुल आवश्यक छ, त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, मोटरेवल पुल बनाएरै छोड्छु’, उनले भने।

पुर्चौडीमा आँखा उपचार केन्द्र स्थापना

पुर्चौडी नगरपालिका र च्यारिटी हेल्थ फाउन्डेशन कैलालीको सहकार्यमा नगरपालिकामै पहिलो पटक आँखा उपचार केन्द्र स्थापना गरिएको हो।

बैतडीका ३१ मतदानस्थल अति संवेदनशील

मंसिर ४ गते सम्मपन हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीका ३१ मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ। जिल्लाका १ सय २९ मतदानस्थलमध्ये ३१ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

गाउँपालिका केन्द्रमा पुग्यो बिजुली

समाचारको सारांश नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन गाउँपालिकाको केन्द्रमा विस्तार गरिएपछि गाउँपालिकाको केन्द्रमा विद्युत् पुगेको हो। विद्युत् नहुँदा यसअघि गाउँपालिकाले प्रवाह गर्ने सेवा प्रभावित हुँदै आएको थियो।

खर काट्ने बेला लडेर महिलाको मृत्यु

शुक्रबार स्थानीय सलेनी लोटे भिरमा खर काटिरहेका बेला लडेर घटनास्थल मै उनको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

डिलासैनी गाउँपालिकामा तीन वटा भवन निर्माणका लागि जग्गादान

गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि २० रोपनी, १० शैंयाको अस्पताल भवन लागि १० रोपनी र प्रहरीचौकी भवन निर्माणका लागि ५ रोपनी जग्गादान गरेका हुन्।

संघमा टिकट पाउनुपर्ने बैतडी काँग्रेसको अडान, नपाए मित्रवत प्रतिस्पर्धा गर्ने

संघमा काँग्रेसलाई टिकट दिनुपर्ने निर्णयका बारेमा नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति र गठबन्धन कार्यदलमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई जानकारी गराइएको सचिव जोशीले बताए।

बैतडी दशरथचन्दको शिक्षा शाखामा तालाबन्दी

माग पूरा नभएसम्म तालाबन्दी नखुल्ने उनीहरुले चेतावनी दिएका छन्। गत वर्ष नै नगरपालिकाले संघीय सरकारले दिएको तलबमा ७ हजार थप गर्ने निर्णय गरेको भए पनि अहिलेको नगरपालिकाले त्यो सुविधा समेत कटौती गरेकोले आन्दोलन गरिएको बालविकास सहजकर्ता भागरथी भण्डारीले बताइन्।

बैतडीमा घर भत्किँदा एकको मृत्यु

माटोको छानो भएको घर एक्कासी सोमबार राति दुई बजेतिर भत्किँदा सुतिरहेकी पूजाको च्यापिएर मृत्यु भएको बताइएको छ।

बैतडीमा १३ जनामा डेंगु बिरामी

अचानक उच्च ज्वरो आउने, आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्ने, शरीर दुख्ने, घांटी बस्ने, साना बिमिरा आउने, शरीर चिलाउने लगायत यस रोगका लक्षण देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन्।

बैतडीमा भाइरल ज्वरोको प्रकोप

वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको हो। वर्षातको समयमा पानीका मुहान दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन डा. श्रेष्ठको आग्रह थियो। पछिल्लो समयमा जिल्लामा भाइरल ज्वरो मात्रै नभएर टाइफाइड, स्क्रब टाइफस, कोरोनाका बिरामीहरुसमेत फेला पर्न थालेका छन्।

नवौँ राष्ट्रिय खेलकुद: जिल्लास्तरीय छनोट भदौ १० देखि

बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक आवेदन भरेका महिला र पुरुष खेलाडीको छनोट भदौ १० देखि भदौ १५ सम्म हुने भएको हो।

पसलपिच्छे म्याद नाघेका वस्तु

जिल्लाका अधिकांश पसलमा म्याद नाघेका खाद्य, पेय पदार्थ र अन्य सामग्री भेटिने गरेका छन्। ग्रामीण क्षेत्रका बजारमा मात्र होइन सदरमुकाम आसपासमै म्याद नाघेका गुणस्तरहीन वस्तु भेटिने गरेका छन्। बजार अनुगमन नभएको उपभोक्ताको गुसासोपछि महिनादेखि जिल्लामा अनुगमन थालिएको छ।

बैतडी कारागारका १६ कैदीमा कोरोना पुष्टि

२५ जनाको क्षमता रहेको कारागारमा अहिले ९३ जना कैदीबन्दी रहेका छन्। कोरोनाबाट बच्नका लागि भौतिक दुरी कायम गर्नुपर्ने भए पनि कारागारमा भने कोचाकोच गरेर बस्नुपर्ने बाध्यता रहेको छ। कोरोना भेटिएपछि कैदीबन्दीलाई भेटन रोक लगाइएको कारगारले जनाएको छ।

मकै जोगाउन बँदेलका लागि थापेको पासोमा परेर चितुवाको मृत्यु

पासोमा फसेको चितुवाको उद्धारका लागि बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली मगाएको थियो। उद्धार टोली घटनास्थल नपुग्दै चितुवा मरेको छ। घटनास्थलमा वन डिभिजन कार्यालयको टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत खटीएका बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्