३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

चौध महिनापछि कार्यकर्ता समायोजन प्रक्रिया सुरु

तत्कालीन फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबीच पार्टी एकता भएको चौध महिनापछि बल्ल कार्यकर्ता समायोजनको प्रक्रिया थालनी भएको छ।

सभापतिको अधिकारबारे युवा नेता विभाजित

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टी सभापतिको अधिकारको विषयलाई लिएर विभाजीत भएका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दीमा जुटेका युवा केन्द्रीय सदस्यहरू पार्टी नयाँ विधानमा सभापतिलाई दिने अधिकारका विषयमा विभाजित बनेका हुन्।

कांग्रेसको विधान मस्यौदामाथि छलफल जारी

पार्टीको प्रस्तावित विधान मस्यौदामाथि छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय सानेपामा चलिरहेको छ। कांग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ।

सबै पदाधिकारी निर्वाचित गरौं

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी पदाधिकारीसहितका सबै सदस्यहरू महाधिवेशनबाट निर्वाचित गर्ने व्यवस्था विधानमा राख्नुपर्नेमा जोड दिएका छन्।

कांग्रेसमा दाधिकारी बढाउन माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टी पदाधिकारी बढाउनुपर्नेमा जोड दिएका छन्। पदाधिकारीको संख्या थप गर्ने विषयमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष र विपक्षमा विभाजित बनिरहेका बेला सदस्यहरू पदाधिकारी संख्या बढाउने पक्षमा उभिएका बेला सदस्यहरूले समावेशीताको आधारमा पदाधिकारी संख्या पर्नेमा जोड दिएका हुन्।

'नयाँ युग' अलोकप्रियता ढाक्न खोज्ने पातलो पछ्यौरी : कांग्रेस

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयनको क्रम अघि बढ्नु सुखद भए पनि प्रचार शैली भने अनावश्यक र भड्कीलो भएको बताएका छन्।

काँग्रेस कोषाध्यक्षको राष्ट्रिय भेला : पार्टी र सरकारबारे छलफल, १८ बुँदे घोषणापत्र जारी

‘१८ बुँदे धादिङ घोषणापत्र’ जारी गर्दै काँग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय भेला सकिएको छ। दुई दिनसम्म धादिङको गजुरी गाउँपालिकाको घाटबेसीमा चलेको भेलाले देशको समसामयिक राजनीति, पार्टीको आगामी महासमिति बैठकबाट हुने विधान संशोधन तथा वर्तमान सरकारले गरेका कामको विषयमा छलफल गरिएको थियो।

कांग्रेस र भारत राजतन्त्र पुर्नस्थापनाको ग्राइन्ड डिजाइनमाः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र भारतले राजतन्त्रको पुर्नस्थापनाको गृहकार्य गरिरहेको बताएका छन्।

खाँणकाे प्रश्न : पीडितलार्इ न्याय नै दिलाउन नसक्ने पनि सरकार हुन्छ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले ओली सरकार पूर्ण रुपमा असफल भएको दावी गरेका छन्।

पार्टी सभापतिको कार्यशैलीले कांग्रेस गम्भीर संकटमा : नेता सिंह

नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी सभापतिको कार्यशैलीका कारण नेपाली कांग्रेस गम्भीर संकटमा फसेको बताएका छन्। कांग्रेस जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता सिंहले कुनै एकजनाको सनकको भरमा पार्टीलाई डुबाउन नहुने बताए।

पार्टी सुदृढीकरणमा भातृ संगठनको कसरत

गुट–उपगुटका कारण कमजोर बन्दै गएको डोल्पा कांग्रेसलाई बलियो बनाउन भातृ संगठन जुटेका छन्। जिल्लाका नेतृत्वलाई गुट उपगुटमा नलागी एक ढिक्का भएर संगठन सुदृढिकरणमा अगाडि बड्न पार्टी निकट भातृ संगठनहरूले आग्रह गरेका छन्।

कांग्रेसमा विधान मस्यौदामाथि छलफल सुरु

नेपाली कांग्रेसको प्रस्तावित विधान मस्यौदामाथि केन्द्रीय समितिमा छलफल सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा पूर्वनिधारीत समय भन्दा निकै ढिला गरी सुरु भएको बैठकमा मस्यौदामाथि फरकमत राख्ने नविन्द्रराज जोशी, प्रदीप पौडेलसहितका नेताहरूले धारणा राखेका हुन्।

शान्तिप्रक्रियाका सूत्रधार चक्र

प्रमुख राजनीतिक दलका नेताहरूले नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलालाई तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने प्रमुख सूत्रधारका रूपमा स्मरण गरेका छन्।

पार्टी बलियो बनाउन सुजाताको आग्रह

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न युवा केन्द्रीय सदस्यहरूलाई आग्रह गरेकी छन्।

कांग्रेसको प्रश्नः गाडी विलासीको लागि हो वा आवश्यकता ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले राष्ट्रपतिको लागि गाडी खरिद गर्ने कुरा ठूलो विषय नभएको बताएका छन्। रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, ‘नेपालको गौरवको निम्ति र सुरक्षाको हिसाबले गाडी व्यवस्था गर्नुपर्छ। आवश्यकीय कुराको प्रबन्ध गर्नुपर्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्