डोल्पा – गुट–उपगुटका कारण कमजोर बन्दै गएको डोल्पा कांग्रेसलाई बलियो बनाउन भातृ संगठन जुटेका छन्। जिल्लाका नेतृत्वलाई गुट उपगुटमा नलागी एक ढिक्का भएर संगठन सुदृढिकरणमा अगाडि बड्न पार्टी निकट भातृ संगठनहरूले आग्रह गरेका छन्।
नेपाल शिक्षक संघको आयोजनामा त्रिपुरासुन्दरी नगरपालिका १ मा गरिएको कार्यक्रममा भातृ संगठनका जिल्ला नेतृत्वहरूले माउ पार्टीका नेतृत्वलाई सुझाएका हुन्। पार्टीप्रति अपनत्वको भाव पैदा नहुँनुका साथै नेतृत्वबर्गमा व्यक्तिगत स्वार्थका कारण पार्टी कमजोर बन्दै गएको र कतिपय कार्यकर्तामा बिचलन समेत आउन थालेकाले व्यक्तिगत स्वार्थ र गुट–उपगुट त्यागेर एक ढिक्का हुनुको बिकल्प नभएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य पुर्णबहादुर शाहीले बताए।
कार्यक्रममा बोल्दै पूर्व पार्टी सभापति टंकप्रसाद उपाध्यायले केन्द्रदेखि जिल्ला तहसम्म गुट–उपगुट भएको स्विकार गर्दै भातृ संगठनले दिएको सुझाव सकारात्मक र समय सान्दर्भिक भएकाले अबका दिनमा नेतृत्वबर्ग सच्चिएर पार्टी पंक्तीमा बड्ने प्रतिबद्धता जनाए। निर्वाचनमा जिल्लाका आठवटै स्थानीय तहमा लज्जास्पद हार ब्यहोरेपछि आगामी निर्वाचनका लागि जनता रिजाउन थाल्नुको सट्टा गुट–उपगुटमा लागेको कांग्रेसका पुराना कार्यकताहरूको भनाई छ।
पार्टीलाई एक ढिक्का बनाउने भातृ संगठनहरुको भेलामा पार्टी सभापति अंगत कुमार बुढाकै उपस्थिति नहुँनुले कांग्रेस पार्टीको नेतृत्वहरू अझै गुट–उपगुटमा सिमित रहेने कार्यक्रममा सहभागी एक नेताले बताए।
प्रकाशित: १४ मंसिर २०७५ ११:३७ शुक्रबार