१ मंसिर २०८१ शनिबार
image/svg+xml

कांग्रेसको विधान मस्यौदा : दोहोरो पदमा रहन नपाइने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा प्रस्तुत भएको छ। आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा विधान संशोधन मस्यौदा समितिका संयोजक एवं पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले समितिको लिखित प्रतिवेदन सहित संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा पेश गरे।

सरकार अलोकतान्त्रिक दिशातर्फ उन्मुख : कोईराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोर्इरालाले सरकार अलोकतान्त्रिक दिशातर्फ उन्मुख भइरहेको बताएका छन्।

धर्म प्रचारक आइएनजिओको कार्यक्रममा सहआयोजक नबन्न सरकारलाई कांग्रेसको चेतावनी

प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार सहआयोजक बनेर एसिया प्यासिफिक समिट गर्न लागेकोप्रति असन्तुष्टि जनाएको छ। शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले धर्म प्रचार गर्ने आइएनजिओका कार्यक्रममा सह आयोजक हुनुले सरकार कहाँ छ भन्ने पुष्टि भएको बताएका हुन्।

गुटको गम्भीर रोगले काँग्रेस अगाडि बढेनः सभापति देउवा

पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा गुटको गम्भिर रोग लागेको र त्यसकै आधारमा देशमा एकदलीय कम्युनिष्ट अधिनायकबादी   शासनले देश नै मास्न लागेको आरोप लगाएका छन्।

महासमिति बैठकपछि कांग्रेसमा नयाँ युग सुरु हुन्छ : नेता केसी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले महासमिति बैठकपछि कांग्रेस संस्थागत संरचनाको नयाँ युगमा प्रवेश गर्ने बताएका छन्। उनले पार्टीलाई सामूहिक नेतृत्वमा जाने बताउँदै यसले पार्टीलाई नयाँ युगमा लैजाने बताएका हुन।

देउवाको दुखेसो : सरकारका विरुद्ध माधव नेपाल बोली सके, हाम्रा साथी एक शब्द बोल्दैनन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली सरकारले विधिको शासन नमानेको आरोप लगाएका छन्। ओली सरकार बिरुद्ध अन्तिम लडाइ लडनु पर्ने बेला आएको उनको भनाई छ।

सरकार गठनकाे ९ महिना पुग्दा प्रतिपक्षी काँग्रेसकाे प्रश्नः सरकार छ र ?

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वमा दुईतिहाइको सरकार गठन भएको ९ महिना अवधि पूरा भएकैबेला नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेर प्रश्न गरेको छ, ‘नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ?’

‘जनअपेक्षा अनुसार काम हुन सकेन’

नेपाली कांग्रेसका नेत्री सुजाता कोइरालाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएकी छिन्। रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले दुई तिहाइको बहुमत हुँदा पनि सरकारले विकास निर्माणको काममा उल्लेख्य काम गर्न नसकेको बताइन्।

कांग्रेस बैठक ९ गते

नेपाली कांग्रेसले विधान मस्यौदामाथि छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी शीर्ष नेताहरुको अनौपचारीक छलफलपछि कांग्रेसले मंसिर ९ गतेका लागि बैठक बोलाएको हो।

देउवाले पार्टीलाई विधान विपरीत चलाए : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले बहुमतको आडमा पार्टीलाई विधान विपरीत चलाएको आरोप लगाएका छन्।

कोइरालाहरूको एकताले पार्टीलाई फाइदा : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन कोइरालाको एकताले पार्टीलाई फाइदा पुगेको बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले तीन कोइराला एक हुँदा पार्टीलाई फाइदा पुगेको बताएका हुन्। देउवाले पार्टी भित्रका गुट उपगुटको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने दाबी पनि गरे। देउवाले भने, ‘अब, पार्टीलाई  एक ढीका बनाएर अघि बढाउँछौं।’

नेविसंघको कार्यकाल दुई महिना थप, पौडेलदेखि गगनसम्मको असहमति

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको कार्यकाल दुई महिना थपिएको छ। केन्द्रीय कार्यालय सानेपामा आइतबार साँझ बसेको पार्टीे केन्द्रीय समिति बैठकले संघको कार्यकाल दुई महिना बढाउने निर्णय लिएको हो।

‘सरकार भ्रष्टाचार र माफियाको चक्रव्युहमा फस्यो, धेरै अपेक्षा नराख्नुस्’

नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीले नेपाली जनता आत्तिसकेको बताएका छन्। सरकार जनताले दिएको म्याण्डेट पुरा गर्न भन्दा नेता कार्यकर्तालाई भर्ती गराउने कार्यमा लागेको उनले आरोप लगाए। ‘ओली सरकार जनताका लागि होइन’, उनले भने, ‘पार्टी भित्रका नेता तथा कार्यकर्ताका लागि हो। त्यसमा अझै पुराना एमाले।’

एउटै मालामा तीन नेता

कोइराला परिवारका तीन नेताले एक भएर अघि बढ्ने प्रण गरेका छन्। आइतबार जिपी फाउण्डेशन प्रदेश १ कार्यालयको उद्घाटन कार्यक्रममा  नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला र सुजाता कोइरालाले पारिवारिक एकतासँगै पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

सरकार पूर्ण रुपमा असफल : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार पूर्ण रुपमा असफल भएको बताएका छन्। कांग्रेस कपिलवस्तुद्वारा आइतवार आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले भने, ‘न शान्ति सुरक्षा प्रदान गर्न सकेको छ, नत जनजीविकाको सवालमा केही गर्न सकेको छ।’ सरकारका गतिविधि राजनीतिक अस्थिरता बढाउन र संघीयता असफल बढाउन उद्दत रहेको उनको आरोप छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्