२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसको प्रश्नः गाडी विलासीको लागि हो वा आवश्यकता ?

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले राष्ट्रपतिको लागि गाडी खरिद गर्ने कुरा ठूलो विषय नभएको बताएका छन्। रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, ‘नेपालको गौरवको निम्ति र सुरक्षाको हिसाबले गाडी व्यवस्था गर्नुपर्छ। आवश्यकीय कुराको प्रबन्ध गर्नुपर्छ।’ 

यद्यपी उनले यत्रो कुरा बाहिर आइसकेकोले अब गाडी विलासीको लागि हो वा आवश्यकता हो भन्ने कुरा सम्बन्धित निकायले प्रष्ट पार्नुपर्नेमा जोड दिए। 

आफूहरुले यो व्यवस्थालाई बलियो बनाउन चाहेको पनि उनले सुनाए। तर, राष्ट्रपतिको सवारी हुँदा स्कुले विद्यार्थीहरुले समेत ५ देखि ६ घण्टाको ट्राफिक जाम झेल्नुपरेको भन्दै खड्काले यो ध्यान दिने विषय भएको बताए। राष्ट्रपतिले आफ्नो चरित्र संस्था सुहाउँदो बनाउनुपर्ने उनको सुझाव छ। खड्काले राष्ट्रपति संस्थाप्रति नेपाली जनताले विश्वास हासिल गर्न सकुन र संस्थाले आफूले गर्नुपर्ने भूमिकामा कहीँ नचुकोस् भन्ने आफूहरुले चाहेको उनले सुनाए। 

उनले वर्तमान सरकारले न्यायालय र व्यवस्थापिकालाई आफ्नो गोजीमा राखेको आरोप लगाए। वर्तमान सरकारको यो ९ महिनाको गतिविधिहरु हेर्दा सरकार कानमा तेल हालेर बसेको पनि खड्काको टिप्पणी छ। 
निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका दिन बितिसक्दापनि सरकारले हत्यारा पत्ता लगाउन नसकेको र मुलुकमा शान्ति, सुरक्षा कायम गर्न नसकेको उनको आरोप छ। 

बजेट आएको ६ महिना भैसकेको तर अहिलेसम्म ८ प्रतिशत पनि खर्च नभएको बताउँदै उनले भने, ‘हरेक मन्त्रालयमा भ्रष्टाचार व्याप्त छ। अनि भर्खरै ९ महिना भएको छ, हामी काम गर्छौं भनेर लाचारी कुरा गरेर हुन्छ?’

जनताले दिएको यो ऐतिहाँसिक म्याण्डेटलाई सही ढंगले सरकारले सदुपयोग गर्नुपर्ने उनको सुझाव छ। उनले राजनीतिक असन्तुष्टिलाई सबै दलबीच छलफल गरेर निकास खोज्नुपर्ने पनि सुझाव दिए। 

प्रकाशित: ९ मंसिर २०७५ १३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App