५ आश्विन २०८१ शनिबार
image/svg+xml

गुण्डा नाइके बाघे पक्राउ

प्रहरीले गुण्डा नाइके बाघे भनिने सुकबहादुर तामाङलाई पक्राउ गरेको छ। प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

गुल्मीमा बाघको आक्रमणबाट महिला घाइते

गुल्मीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। जिल्लाको धुर्कोट गाँउपालिका वडा नम्बर–४ जैसिथोक, भुवान गैराखर्ख निवासि ३१ बर्षीया तारादेवी पोखरेल घाइते भएको स्थानिय कृष्ण अधिकारीले जानकारी दिए।

बाघको आक्रमणबाट ४ घाइते

रामेछाप नगरपालिका ४ हिमगंगाको चिलाउने खर्कमा मंगलबार बाघको आक्रमणमा परी ४ जना घाइते भएका छन्। बाघको आक्रमणबाट घाइते हुनेहरुमा ४९ बर्षिय तेज बहादुर तमाङ, ३५ बर्षिय छत्र बहादुर तमाङ, ५५ बर्षिय दल बहादुर विक र १५ बर्षिया मुना तमाङ रहेका छन्।

बाघभैरव जात्राको रौनक (फोटो फिचर)

राजधानीको कीर्तिपुरमा शुक्रबार बाघभैरव जात्रा मनाइएको छ। प्रत्येक वर्षको भदौ १ गते मनाइने जात्रालाई कीर्तिपुरको प्रमुख जात्राको रुपमा लिने गरिन्छ। बाघभैरवको नमुनासहित प्राचिन बाजा तथा भजन र लाखे नृत्यका साथ सडकमा उत्रेर यो पर्व हर्षोल्लास पूर्वक मनाउने गरिन्छ। बाघभैरव जात्रामा सहभागीहरु बाघभैरव मन्दिर परिसरमा जम्मा भई नाचगान गर्ने तथा परिक्रमा गर्ने गर्दछन्।

बाघले मान्छे लग्यो

चितवनको भरतपुर महानगरपालिका वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई आज बिहान बाघले लगेको छ। ती महिलालाई बाघले खाएको अाशंका गरिएको छ।

निकुञ्जमा राखिएको घाईते बाघ मर्यो

घाईते भएपछि उद्धार गरेर चितवन चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा राखिएको घाईत बाघ मंगलबार मरेको छ । दाहिने खुट्टाको पञ्जामा लागेको चोटका कारण घाईते भएको बाघलाई तीन महिना अघि उद्धार गरेर निकुञ्जको खोरमा राखिएको थियो।

बाघ मर्नुका कारण अनुसन्धान गर्न माग

अन्तराष्ट्रिय बाघ दिवसका अवसरमा चितवनका संरक्षणकर्मीले बाघ मर्नुका कारणहरू पत्ता लगाउन माग गरेका छन्।

बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गर्ने तयारी

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पछिल्लो बाघ गणनाको अध्ययनको आवश्यक कार्य सम्पन्न गरी बाघको संख्या सार्वजनिक गर्ने तयारी गरेको छ।

सिलिचोङ गाउँपालिकाको ताम्कुमा बाघ आतंक

सिलिचोङ गाउँपालिका ३ ताम्कुमा बाघको आतंक बढेको छ। गाउँको याचम्खा र लकुवामा बाघले दिनहुँ जसो बाख्रा र बङ्गुर खान थालेपछि बाघको आतंक बढेको हो।

पाटे बाघको छालासहित पक्राउ

संरक्षित पाटे बाघको छाला र हड्डीसहित एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पूर्वी मकवानपुरको वागमती गाउँपालिका–४, सल्लेनी जरायोटारका २९ वर्षीय चेतबहादुर वाइवालाई प्रहरीले पक्राउ गरेको हो।

दश महिनामा पाँच बाघ मरे

चालु आर्थिक वर्षमा चितवनमा पाँच बाघ मरेका छन्। तीन बाघ राष्ट्रिय वन क्षेत्रमा र दुई बाघ चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मरेको भेटिएको हो। पछिल्लो पटक आईतबार बिहान निकुञ्जको पूर्वी सेक्टर सौराहा नजिक पोथी बाघ मृत भेटिएको निकुञ्जका सुचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

दुई महिनामा चार बाघ मर्‍यो

चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरि आइतबार एउटा दुर्लभ पाटेबाघ मरेको छ। चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

बाघ मृत भेटियो

रत्ननगर नगरपालिका वडा नम्बर ११ मा मृत बाघ फेला परेको छ। टिकौली जंगल नजिकै मंगलपुरको डम्पिङ साइृडमा भाले बाघ मृत फेला परेको हो ।

बाघसँग लड्ने भारतीय युवतीकाे चर्चा

रुपाली मेस्राम नाम गरेकी एक भारतीय महिलाले आफ्नो बाख्रालाई आक्रमण गर्न आउने बाघसँग केबल लौरोको सहाराले जुधेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्