४ माघ २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई महिनामा चार बाघ मर्‍यो

रत्ननगर – चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरि आइतबार एउटा दुर्लभ पाटेबाघ मरेको छ। 

चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए। बाघ गए राति अर्को बाघसँगै जुधेर मरेको अनुमान छ। बिहान स्थानीयवासी सीता गुरौले घाँस काट्न जाने लागेका बेला बाघ मरेको देखेपछि निकुञ्जलाई खबर गरेकी थिइन्। 

यो सँगै पछिल्लो दुई महिनाको अन्तरालमा मात्रै चितवनमा चार वटा बाघ मरिसकेको छ। “साथीहरुसँगै घाँस काट्न जाँदै थियौँ, बाघ देख्यौँ, अनि फर्किएर खबर गरेको,” घटनाबारे गुरौले भनिन्। हेर्दा बाघको घाँटीमा अर्को बाघले टोकेको देखिन्छ। जुधेर नै बाघ मरेको अनुमान गरिएको चितवनको रत्ननगरस्थित बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङले बताए।

प्रकाशित: ९ वैशाख २०७५ ०७:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App