५ आश्विन २०८१ शनिबार
image/svg+xml

पाटेबाघलाई पानी अभाव

बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघका लागि पानी अभाव चुनौतीको रूपमा देखा परेको छ। यो निकुञ्ज सुक्खा भएकाले पनि बाघलगायत वन्यजन्तुका लागि गर्मीयाममा पर्याप्त पानी पुग्दैन।

शुक्लाफाँटामा बाघ गणना सकियो, १६ क्यामेरा चोरिए

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना कार्य सकिएको छ। झण्डै दुई महिनाअघि माघ अन्तिम सातदेखि क्यामेरा ट्रापिङ्ग विधिबाट शुक्लाफाँटामा बाघ गणना सुरु भएको हो।

बाघ मार्नेको खोजी

हजारौँ बिगाहमा फैलिएको दरबारको विशाल क्षेत्रभित्र जंगल, तलाउ, पोखरी, ठूल्ठूला चउर, बगैँचा र अनेक जातका पशुपक्षी थिए। राजारानी, युवराज, युवराज्ञी र राजपरिवारका ‘बच्चा सरकारहरू’ बेलाबखत त्यहाँको चिडियाखाना घुम्ने गर्थे।

पाटे बाघको वासस्थान बन्दै मध्यवर्ती क्षेत्र

चितवनका मध्यवर्ती क्षेत्र दुर्लभ वन्यजन्तु पाटे बाघको राम्रो वासस्थान बन्दै गएको छ । चितवनको टिकौली जंगलमा गरिएको एक अध्ययनले यस्तो देखाएको हो ।भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको बीचमा पर्ने टिकौली जंगलस्थित जैविकमार्ग क्षेत्रमा दुर्लभ पाटे बाघलगायत वन्यजन्तु र तिनिहरुको अवस्थाबारे अध्ययन भइरहेको छ ।

दुर्लभ पाटेबाघको संख्या दोब्बर हुन सक्ने

जैविक विविधताले भरिएको प्रदेश नं २ को एकमात्र पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या दोब्बर हुन सक्ने अनुमान निकुञ्ज प्रशासनले गरेको छ।

दुर्लभ पाटेबाघको संख्या दोब्बर हुन सक्ने

जैविक विविधताले भरिएको प्रदेश नं २ को एकमात्र पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या दोब्बर हुन सक्ने अनुमान निकुञ्ज प्रशासनले गरेको छ।

बाघ गणनामा प्रयोग भएका ६७ क्यामेरा हराए

चितवन र पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका ६७ वटा अत्याधुनिक प्रविधिका क्यामेरा हराएका छन्। बाघ आवतजावत गर्दा फोटो खिच्नका लागि राखिएका अत्याधुनिक प्रविधिका स्वचालित क्यामेराहरु हराएका हुन् । कतिपय मान्छेले चोरेर लगेको पाइएको छ भने कतिपय हात्ती र बाघले फुटाउने गरेकोे चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

नवलपरासीमा बाघको गणना शुरु

नवलपरासी पूर्वका सामुदायिक वनमा बाघ गणनाको काम अघि बढाइएको छ । क्यामेरा ट्रयापिङ प्रविधिको माध्यमबाट सामुदायिक वनमा रहेका बाघको गणनाका लागि काम अघि बढाइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज, हरियो वन, ताललगायतका संघसंस्थाको सहकार्यमा संयुक्तरुपमा बाघको गणनाका लागि कार्य शुरु गरिएको छ ।

बाघको आक्रमणबाट दुई महिला गम्भीर घाइते

बाघको आक्रमणबाट बुधबार दिउँसो दुई महिला गम्भीर घाइते भएका छन्।  दशगजा नजिकको जंगलमा घाँस काटन गएका बेला बाघको आक्रमणमा परी गुलरिया नगरपालिका–३ खैरापुरकी ४० वर्षीया मुन्नी साबुरी र ३० वर्षीया सरिता गोडिया घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

बाघ आक्रमण बेहोरेका बद्रहनीबासीको ब्यथा

बद्रहनी गाउँ नेपालको एक प्रमुख पर्यटकीय क्षेत्र सौराहाभन्दा लगभग तीन किलो मिटर पश्चिममा पर्छ । सौराहाको आडमा पनि राप्ती नदी नै बग्छ । त्यो गाउँ पनि राप्ती नदीकै आडमा छ । नदीभन्दा पर सौराहामा पनि चितवन निकुञ्जको जंगल नै छ, बद्रहनी पारी पनि निकुञ्जकै जंगल छ । तर सौराहा पर्यटनका कारण चम्किलो छ भने बद्रहनीमा जंगली जनावरबाट पीडित भएकाहरु गाउँभरि नै भेटिन्छन् ।

बाँके र बर्दियामा पाटेबाघ गणना सुरु

बाँके र बर्दियामा रहेका पाटेबाघको गणना शनिबार सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय रहेको ठाकुरद्वारामा बनदेवीको पूजा गरेर बाघ गणना सुरु गरिएको छ । बाँके र बर्दिया निकुञ्ज कार्यालयले जारी गरेको संयुक्त विज्ञप्तिमा बाघ गणना सुरु भएको उल्लेख छ ।

नेपाल र भारतमा एकैसाथ पाटेबाघ गणना

आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना (अनुगमन) शुरु हुँदैछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना गर्न लागिएको हो।

दिनदिनै देखिन थाले बाघ

दुई साताअघि बिहान बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख रमेश थापाले दुर्लभ वन्यजन्तु बाघको तस्बिर फेसबुक वालमा पोष्ट गरे । उनको वालमा ‘हेरिरहुँ लाग्छ मलाई, एकनाश तिमीलाई’ भन्ने बोलको गीतसँगै वालमा राखेको दुर्लभ वन्यजन्तुको तस्बिर लाइक र कमेन्ट गर्नेेले सकारात्मक प्रतिक्रिया दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्