६ आश्विन २०८१ आइतबार
image/svg+xml

यसरी एक साथ गणना गरिँदैछ नेपाल र भारतका बाघ

बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने भएको छ । निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार नोभेम्बर दोस्रो साताबाट बाघ गणना गर्ने तयारी भएको छ ।

बर्दिया निकुञ्जमा देखियाे दुर्लभ पाटेबाघ

बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जमा बुधबार दिउँसो जिप सफारी चल्दै थियो । सफारीमा वन्यजन्तु छविकार सागर गिरी, बर्दिया निकुञ्जका गेम स्काउट वीरेन्द्र अधिकारी, कर्णाली जंगल क्याम्पका व्यवस्थापक जगत रिजाल र सवारी चालक देवेन्द्र शाही थिए।

पर्सा निकुञ्जमा बाघको संख्या बढ्यो

बस्ती स्थानान्तरणले मानवीय क्रियाकलापमा कमी आयो। पानीका स्रोतहरू सुरक्षित भए। यसको प्रभाव बाघको संख्यामा परेको हो।

नेपाल–भारत ओहरदोहर गरिरहन्छन् बाघ

वन्यजन्तुलाई बस्न राम्रो वन र आहारा भए पुग्यो । त्यो वन नेपालको होस् वा भारतको उनीहरूलाई के सरोकार । लामो सिमाना जोडिएको भारतको वालमिकी टाइगर रिजर्ब र नेपालको चितवन राष्ट्रिय निकुञ्जका बाघलाई पनि देशको सिमानाले रोक्ने छेक्ने कुरै भएन । आहारा र वासको खोजीमा बाघहरू कहिले नेपाल र कहिले भारत जाने आउने गरेको पाइएको छ ।

बाघ संरक्षण र जीविकोपार्जन

पहिलो निकुञ्जका रूपमा सन् १९७३ मा चितवन राष्ट्रिय निकुञ्ज घोषणा गरिएपछि नेपालमा व्यवस्थित तवरले पाटेबाघ संरक्षण सुरु भयो। त्यसपछि बाघ, एसियाली  हात्ती र एकसिंगे गैँडा संरक्षण सँगसँगै गर्न थालियो। चितवनबाहेक बाघ पाइने बर्दिया, शुक्लाफाँटा र पर्सा क्षेत्रलाई पनि निकुञ्ज तथा आरक्ष घोषणा गरी संरक्षण गर्न थालियो।

विश्व बाघ दिवस : पूरा होला अन्तर्राष्ट्रिय प्रतिबद्धता?

सन् २०२२ सम्म नेपालले बाघको संख्या २५० पुर्‍याउने लक्ष्य राखेको छ। अर्कातिर बाघ बासस्थान कृषि भूमि र बस्तीमा परिणत हुँदैछ् भने निकुञ्ज र आरक्ष उनीहरूका लागि सा“घुरिँदै छन्। बाघ संरक्षण क्षेत्रबाहिर विचरण गर्न थालेका छन्। बर्सेनि  संख्या पनि बढिरहेको छ।

खरानी भए बाघको छाला र खाग

गैंडाको नाकमाथि हुने सिंग जस्तो वस्तु खागमा औषधिको गुण हुन्छ भन्ने चीनीयाँ अन्धविश्वास छ। विज्ञानले मान्छेको शरीरमा हुने रौं र खागमा एउटै रासायनिक तत्व हुने र कुनै खालको औषधीय गुण नहुने प्रमाणित गरे पनि अन्धविश्वासका कारण अन्तराष्ट्रिय तह मै खागको अवैध बिक्री वितरण हुने गरेको छ।

परराष्ट्रमन्त्रीले जलाए खाग र बाघकाे छाला (फोटो फिचर)

दुर्लभ वन्यजन्तु गैंडाको नाकमाथि हुने सिंग जस्तो वस्तु खागमा औषधीको गुण हुन्छ भन्ने अन्धविश्वास छ ।  तर गैंडाको शरीरमा हुने रौंमा जुन रासायनिक तत्व हुन्छ खागमा पनि त्यही हुने वैज्ञानिक अनुशन्धानले देखाएको छ । अन्धविश्वासका कारण अन्तराष्ट्रिय बजारमा खागको गैर कानुनी व्यपार जारी छ । तस्करहरूले खागका लागि गैंडा मार्दा यसको अस्तित्व नै संकटमा परेको छ ।

बाघको आक्रमणबाट केरा किसानको निधन

बाघले आक्रमण गर्दा चितवनमा एकजना निधन भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयले गराएको जानकारी अनुसार चित्रवन नगरपालिकाको वडा नं १४ भगेडीको केराघारी भित्र बुधबार साँझ सवा पाँच बजे बाघले भीम चापागाईलाई आक्रमण गरेको थियो। पदमपुरका चापागाई केराखेती गर्न भगडीमा बस्दै आएका थिए।

बाघले झम्टिँदा प्रहरीसहित १० जना घाइते

लखनपुर एकडरवा टोलमा रहेको पोखरीमा मंगलबार बिहान ११ बजे तिर एउटा बाघ देखियो। पोखरीका ठेकेदार जनन साहले गाउँछेउ बाघ आएको भन्दै गाउँलेलाई खबर गरे।

दाँत संक्रमणले बाघ झन् जोखिममा

सरकारले सन २०२२ सम्म नेपालमा बाघको संख्या दोब्बर बढाउने लक्ष्य राखे पनि दाह्रामा लाग्ने रोग 'क्यानिन डिसटेम्पर' पनि बाधक बन्नसक्ने देखिएको छ। पछिल्लो समय नेपाल र भारतका बाघका दाह्रामा 'क्यानिन डिसटेम्पर' रोग देखा पर्न थालेको छ।

बाँके निकुञ्जमा बाघ गणना सुरु

बाघ अनुगमनका लागि बाँके राष्ट्रिय निकुञ्जले मंगलबारदेखि क्यामेरा ट्रयापिङ सुरु गरेको छ। प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले क्यामेरा ट्रिप विधिको प्रयोग गरी मंगलबारदेखि बाघ गणना सुरु भएको घोषणा गरे। बाँके राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दीया संरक्षण कार्यक्रमबाट काम सुरु भएको हो।

बसको ठक्करबाट पाटे बाघको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्र्तगत कर्णाली र अम्रेनी सडक खण्डको कुँवाभारमा बसको ठक्करबाट एउटा वयस्क पाटे बाघको मृत्यु भएको छ। बुधबार राति धनगढीबाट काठमाडाैंतर्फ जादै गरेको ना४ख२८८७ नम्वरको यात्रु बसको ठक्करवाट बाघको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए।

बाँके निकुञ्जमा सात वयस्क पाटेबाघ, एक वर्षमा तीन थपिए

एक वर्षको अवधिमा बाँके राष्ट्रिय निकुञ्जमा तीन वटा नयाँ वयस्क पाटे बाघ थपिएको छन्। अघिल्लो वर्ष सन् २०१५ मा चार वटा पाटे बाघ रहेको निकुञ्जमा २०१६ मा बढेर सात वटा पुगेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वार्डेन डिलबहादुर पुनले २०१६ को गणना अनुसार बयस्क पाटे बाघ सात वटा रहेको पुष्टि गरे।

शुक्लाफाँटामा बाघ गन्ने काम सुरु

कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आजदेखि बाघ गणना सुरु भएको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका निकायले संयुक्त रुपमा बाघ गणना सुरु गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्