७ आश्विन २०८१ सोमबार
image/svg+xml

उम्मेदवारी नदिएकोमा कांग्रेसमा असन्तुष्टि

प्रतिनिधिसभाको रिक्त सभामुख पदमा पार्टीले उम्मेदवारी नदिएको भन्दै नेपाली कांग्रेसका केही नेताले असन्तुष्टि जनाएका छन्।

राष्ट्रियसभामा १८ पदका लागि ४५ उम्मेदवार

राष्ट्रियसभामा फागुन २० देखि रिक्त हुने १८ सिट (सदस्य) का लागि आइतबार ४५ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगका सातवटै प्रदेशस्थित कार्यालयमा पुगेर सत्तारूढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, समाजवादी पार्टी, राजपा, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दर्ता गराएका हुन्।

देश र जनताको सेवामा समर्पित हुन उम्मेद्वार बनेँ : श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले देश र जनताको सेवा गर्नका लागि आफूले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएको बताएका छन्।

कर्णालीमा चार जनाको उम्मेदवारी

राष्ट्रियसभा सदस्यका लागि कर्णालीमा आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएका छन्। कर्णालीमा हुने दुई सिटका लागि उनीहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।

राष्ट्रिय सभा निर्वाचन : प्रदेश ५ मा ९ उम्मेदवार

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश नम्बर ५ बाट ९ जनाको उम्मेदवारी परेको छ। आईतवार दाङमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस, नेकपा,राष्ट्रिय जनमोर्चा र समाजवादी पार्टीका ९ उम्मेदवारले उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख खुमप्रसाद सुवेदीले जानकारी दिए।

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले महासंघको आगामी महाधिवेसनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

ब्लुमबर्गद्वारा अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवार बन्ने औपचारिक घोषणा

अमेरिकी राष्ट्रपतिका का लागि उम्मेदवारी दिने क्रममा अर्बपति माइकल ब्लुमबर्गले पनि उम्मेदवारी दिने औपचारिक निर्णय गरेका छन्।

स्वतन्त्रसहित तीन उम्मेदवारी

रोल्पाको थवाङ गाउँपालिका वडा नं. १ ठूलोगाउँमा हुने वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि एक स्वतन्त्र सहित ३ जना उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन्। यहि मंसिर १४ मा हुने चुनावका लागि नेपाल कम्युनिष्ट पार्टीबाट जनक बहादुर बुढा, नेपाली कांग्रेसबाट कलम बहादुर रोका र स्वतन्त्रबाट भद्र कुमार झाँक्रीले उमेद्वारी दिएका हुन्।

दाङमा १४ जनाको उम्मेदवारी  दर्ता

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत दाङ क्षेत्र नं ३  (ख) मा  प्रदेशसभा सदस्यका लागि आज १४ जनाको उम्मेदवारी दर्ता भएको छ।

आज उम्मेदवारी दर्ता

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ तथा प्रदेशसभा सदस्यका लागि बाग्लुङ, भक्तपुर र दाङमा उम्मेदवारी मनोनयन हुनेछ।

उपनिर्वाचन : उम्मेदवारी दर्ता नहुँंदै प्रचारप्रसार सुरु

उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नआउँदै भक्तपुरमा चुनावी प्रचारप्रसार सुरु भएको छ। उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन बिहीबार तोकिएको छ। तर यसअघि नै दलहरूले चुनावी ¥याली तथा सभा सुरु गरेका छन्। रवीन्द्र मिश्र संयोजक रहेको विवेकशील साझा पार्टी नेपालले सोमबार दुवाकोटमा चुनावी -याली निकालेको छ। ¥याली सल्लाघारीबाट दुवाकोटमा पुगेर सभामा परिणत भएको थियो। सभामा पार्टी केन्द्रीय संयोजक मिश्रलगायतले बोलेका थिए।

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा वर्तमान उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएन एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा श्रेष्ठको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा रोविन्द श्रेष्ठ ‘गोविन्द’ले उम्मेदवारी दिएका छन्। एनआरएनएको चुनाव यहीँ अक्टोबरमा काठमाडौंमा हुँदैछ।

अमेरिकाबाट डा. पौडेलको महासचिवमा उम्मेदवारी

गैरआवासीय नेपाली संघको आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागेको आईसीसीको सम्मेलनमा अमेरिकाबाट डा. केशव पौडेलले महासचिवमा उम्मेदवारी दिने भएका छन्। उनले अमेरिकामा एनआरएनको दुई कार्यकाल नेतृत्व गरिसकेका छन्।

एनआरएन युरोप उपसंयोजकमा पण्डितको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को युरोप क्षेत्रीय उपसंयोजकमा कुमार पण्डितले उम्मेदवारी घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्