८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कांग्रेस उम्मेदवारीमा गुटगत सन्तुलन

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा जिल्लास्तरीय नेतालाई अघि सारेको छ । कांग्रेसले तीनवटै प्रदेशमा जिल्ला तहका नेतालाई अघि सारेको हो । पहिलो चरणअन्तर्गत वैशाख ३१ गते तीन प्रदेशका ३४ जिल्लाका चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र एक सय ८६ गाउँपालिकामा हुने निर्वाचनमा कांग्रेसले अधिकांश स्थानमा उम्मेदवारी दिएको छ।

उम्मेदवारीको रौनक

स्थानीय निर्वाचनको मनोनयनपत्र दर्ताको क्रममा सिन्धुपाल्चोकमा राजनीतिक दलहरुले उत्साहपूर्वक उम्मेदवारी दिएका छन्।  कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले सयौं कार्यकर्ता सहित उम्मेदवारी दर्ता गराए । गाउँ नै रित्याएर दलका नेता, कार्यकर्ता गाउँ, नगरको केन्द्रस्थित निर्वाचन अधिकृतको कार्यालय झरेका थिए।

३४ जिल्लाका २८३ स्थानीय तहमा उम्मेदवारी दर्ता हुँदै

वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा मंगलबार उम्मेद्वारी दर्ता भइरहेको छ ।

काठमाडौंको मेयरमा ६ जनाको उम्मेदवारी दर्ता, ठूला दलको प्रतीक्षा हुँदै

काठमाडौं महानगरपालिकाको मेयरमा दिउँसो २:१५ बजेसम्म ६ जनाको उम्मेदवारी दर्ता भएको छ। मेयरमा साझा पार्टीका किशोर थापा, विवेकशील नेपालीकी रञ्जु दर्शना तथा राष्ट्रिय जनमोर्चाका डा.निर्मल कुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्।

काठमाडौं महानगरको मेयरमा रेशलरको उम्मेदवारी

काठमाडौं महानगरको मेयर पदमा रेशलर भरत बहादुर बिसुरालले उम्मेदवारी दर्ता गराएका छन्। हिमालयन टाइगरको नामले परिचित बिसुरालले राष्ट्रिष सभागृह पुगेर स्वतन्त्री उम्मदवारी दिएका हुन्।

काठमाडौं मेयरमा साझा पार्टीका किशोर थापा र विवेकशीलकी रञ्जु दर्शनाको उम्मेदवारी

काठमाडौं महानगरपालिकको उपमेयर पदका लागि जनिशा भट्टराईले पहिलो उम्मेदवारी दिएकी छन्। उनले आफ्नो उम्मेदवारी स्वतन्त्र उम्मेदवारका रुपमा दर्ता गराएकी हुन्।

उम्मेदवारी दर्ता गर्न अन्योल

जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलले उम्मेदवारी दर्ता गर्ने दिनको अघिल्लो साँझसम्म स्थानीय तह निर्वाचनका लागि उम्मेदवार तय गर्न सकेका छैनन्।

उम्मेदवारीपछिको बखेडा

सल्यान, बागचौर नगरपालिकामा दिइएको उम्मेदवारीप्रति माओवादी केन्द्रको ठूलो खेमा असन्तुष्ट बनेको छ। लोकमान बुढाथोकी (मेयर) र कल्पना पुन (उपमेयर) को उम्मेदवारी मापदण्डबाहिर गएर तय गरिएको भन्दै माओवादीका सात केन्द्रीय सदस्यले राजीनामा दिएका छन्।

मंगलबार ३, ४ र ६ प्रदेशमा उम्मेदवारी दर्ता हुँदै, यस्तो छ दर्ता चेकलिस्ट

पछिल्लो समय उत्पन्न राजनीतिक घटनाक्रमले आसन्न स्थानीय तह निर्वाचनप्रति जनसाधारणमा अनेक आशङ्का उत्पन्न गरे पनि निर्वाचन आयोग, सरकार र राजनीतिक दलहरुको सक्रियताले निर्वाचन हुनेमा ढुक्क रहन सकिने अवस्था छ।

उम्मेदवारी दर्ता १९ गते

निर्वाचन आयोगले वैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय निर्वाचनको कार्यतालिका हेरफेर गर्दै उम्मेदवारी मनोनयनलाई दुई दिन पर सारेको छ। त्यस्तै जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन कार्यतालिका पनि आयोगले सार्वजनिक गरेको छ ।

धनगढीमा माओवादीको उम्मेदवारी घोषणा

नेकपा माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकामा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारहरु घोषणा गरेको छ।

व्यापारी हमालद्वारा उम्मेदवारी घोषणा

निर्वाचनको सरगर्मी बढ्दै जाँदा धनगढी उपमहानगरपालिकाको प्रमुखमा यस क्षेत्रका उद्योगी एवम् व्यापारी गोपाल हमालले आज आफ्नो स्वतन्त्र उम्मेदावरी घोषणा गरेका छन्।

काठमाडौंको मेयरमा २१ वर्षे रञ्जुको उम्मेदवारी

विवेकशील नेपाली दलले काठमाडौं महानगरपालिकाको मेयरमा २१ वर्षे रन्जु दर्शनालाई उम्मेदवार बनाउने भएको छ। बन्दविरोधी अभियानमा संलग्न रहेको, ड.गोविन्द केसीको सत्याग्रहमा सहयोगी रहको भन्दै पार्टीले उनलाई मेयर उम्मेदवारमा छनौट गरेको हो।

कांग्रेस नेता खड्काद्वारा बुढानिलकण्ठ मेयरमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता श्यामबहादुर खड्काले बुढानिलकण्ठ नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाल विद्यार्थी संघबाट २०४२ देखि राजनीतिमा सक्रिय खड्काले ‘बुढानिलकण्ठ नगरपालिकाको विकास, विस्तार, संरक्षण, सुरक्षा र सुधार’ भन्ने नारासहित स्थानीय तह निर्वाचनमा जाने घोषणा गरेका हुन्।

मन्थली नगरपालिकामा पूर्व सभासद श्रेष्ठको मेयरमा उम्मेदवारी

जिल्लामा राजनीतिक दलहरुले स्थानीय निर्वाचनको लागि उम्मेदवार घोषणा गर्न सुरु गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्