८ आश्विन २०८१ मंगलबार
image/svg+xml

एनआरएनए मलेसियाको अध्यक्षमा तिवारीको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्ष रमेश तिवारीले एनआरएन मलेसियाको अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। आगामी अगष्ट २७ मा आयोजना गरिएको पाँचौं अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा उनले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्।

एनआरएन जापानको महिला उपाध्यक्षमा गुरुङको उम्मेदवारी घोषणा

एनआरएन जापानको २०१७-२०१९ कार्यकालको लागि महिला उपाध्यक्ष पदमा अनिता गुरुङ लामाले उम्मेदवारी दिने घोषणा गरेकी छन्। तमुधी जापानको वरिष्ठ उपाध्यक्षसमेत रहेकी गुरुङले सामाजिक कार्यका लागि आफूले उम्मेदबारी दिएको बताइन्।

उम्मेदवारी दर्ता भोलि

असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ। निर्वाचन आयोगले उम्मेदवारी दर्तादेखि मतदान नहुन्जेलसम्म भरपर्दाे सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ।

आज प्रधानमन्त्री निर्वाचन :देउवाको एकल उम्मेदवारी

प्रमुख प्रतिपक्षी एमालेले अवरोध हटाए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार संसद्बाट चौथोपटक प्रधानमन्त्री निर्वाचित हुनेछन् । एमालेले विगत केही दिनयता भरतपुर महानगरपालिकामा रोकिएको मतगणनालाई निरन्तरता दिनुपर्ने माग राखेर संसद् सञ्चालनमा अवरोध गर्दै आएको छ ।

कांग्रेस सभापति देउवाद्वारा प्रधानमन्त्रीको उम्मेदवारी दर्ता

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको लागि उम्मेदवारी दर्ता गराएका छन्। संसद सचिवालयले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार सभपति देउवाले प्रधानमन्त्रीको उम्मेदवारी दिएका हुन्।

आकांक्षी धेरै हुँदा उम्मेदवारी टुंगो लागेन

पहिलो चरणको निर्वाचन सकिँदै गर्दा २ नम्बर प्रदेशमा चुनावी सरगर्मी तातेको छ। राजनीतिक दलले निर्वाचन प्रचारप्रसारलाई तीव्रता दिएका छन्। टोलटोलमा भेला, सभा र बैठक हुन थालेका छन्। नेताहरू विकासे चुनावी नारा दिएर मतदाता आकर्षित गरिरहेका छन्।

वडामा कान्छी क्रान्तीको उम्मेदवारी

अढाई वर्षको छँदै सशस्त्र द्वन्द्व कालमा बुवा गुमाएकी खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाकी २२ वर्षीय क्रान्ती श्रेष्ठले वडा सदस्यमा उम्मेदवारी दिएकी छिन् ।

५० बढी वडामा दलित उम्मेदवारी शून्य

दलहरु दलित बस्तीमा पुग्न नसकेको र दलितमा राजनीतिक चेतना कम भएका कारण दलित महिलाको कोटा खाली भएको हो।

महिला उम्मेदवारी मुद्दा

नयाँ नेपालको पहिलो सर्त महिला, दलित र सीमान्त नागरिकलाई राज्य सञ्चालनका महत्वपूर्ण जिम्मेवारीमा पुर्‍याउने हो। यही नारा अघि बढाउँदै माओवादी केन्द्रले तत्कालीन 'माओवादी जनयुद्ध' कालमा समेत आफ्नो प्रभाव विस्तार गरेको हो।

महिलाको उम्मेदवारी ३९ प्रतिशत

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कुल उम्मेदवार ४९ हजार ३३७ जना रहेकामा महिला उम्मेदवारको सङ्ख्या ३९ प्रतिशत रहेको छ ।

दलित महिला र उम्मेदवारी

अहिले राज्यले राज्य सञ्चालन प्रक्रियामा दलित महिलालाई सहभागी गराउने उद्देश्यले जे कानुन ल्याएको छ त्यसले आगामी दस वर्षभित्र दलित महिलाको उपस्थितिलाई गुणात्मकरूपले विकास गर्न सघाउ पुर्‍याउनेछ।

झन्डै डेढ हजारले उम्मेदवारी फिर्ता लिए

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमध्ये एक हजार ४९८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

देउवाको पत्रले भरतपुरमा कोइरालाको उम्मेदवारी फिर्ता

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पत्रलाई वैधानिक मान्दै चितवन जिल्ला निर्वाचन कार्यालयले भरतपुर महानगरपालिकामा दिनेश कोइरालाको उम्मेदवारी फिर्ता गरेको छ। जिल्ला निर्वाचन कार्यालयले सूचना टाँस गरी भरतपुरमा काँग्रेसका मेयर प्रत्यासी कोइराला र माओवादी उपमेयर सुरेन्द्र गुरुङको उम्मेदवारी फिर्ता भएको जानकारी दिएको हो। निर्वाचन आयोगले उम्मेदवारी फिर्ताको सूचना टाँस गर्दैगर्दा काँग्रेसका मेयर प्रत्यासी कोइराला भने भोट माग्ने अभियान चलाइरहेका थिए।

पाँच पूर्वसभासद्को उम्मेदवारी

पहिलो चरणअन्तर्गत हुने निर्वाचनमा पहिलो संविधानसभाका पाँच सदस्यले उम्मेदवारी दर्ता गराएका छन्।

उत्सवमय उम्मेदवारी

अन्ततः मुलुक स्थानीय तह निर्वाचनमा प्रवेश गरेको छ । तोकिएकै समयमा निर्वाचन होला/नहोला भन्ने शंकाको वातावरण दलहरूका गतिविधिले सिर्जना गरिरहेको हो । विशेषगरी प्रमुख दलले निर्वाचन समयमै हुनुपर्छ भन्ने अभिव्यक्ति दिनुबाहेक पूर्ण संलग्नता देखाउन सकेका थिएनन् । अझ कतिपय अवस्थामा उनीहरू आफैंमा पनि यसप्रति शंका र अनिच्छा प्रकट भएको पनि हो । उनीहरूलाई निर्वाचनप्रतिको आममतदाताको तीव्र चाहनाले समेत भाग लिन बाध्य पारेको हो । आममतदाताले लोकतन्त्रको उच्चतम अभ्यास आफ्नो मताधिकार प्रयोगमार्फत गर्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्