९ मंसिर २०८१ आइतबार
image/svg+xml

विपन्न विद्यार्थीलाई ट्रयाकसुट

हेल्प चेपाङ फाउन्डेसनले बाराको निजगढ नगरपालिका–१३, डम्बरपुरस्थित शिवशक्तेश्वर आधारभूत विद्यालयका ५० विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको छ।

अझै बनेन सर्भिस ट्रयाक र पुल

कोटेश्वर– कंलकी सडक खण्ड तयार भएको पनि एक महिना बितिसक्यो। आठ लेनको सडक खण्ड आकर्षक र मनमोहक देखिन्छ। तर, सोही सडकसँगै जोडिएका आधारभूत सर्भिस ट्रयाक, ओभरहेड ब्रिज, जेब्राक्रस, ट्राफिक लाइट, मिडियन लगायतका ‘सडक फर्निचर्स’ अझै तयार भएका छैनन्। जसका कारण पैदलयात्रु अलमल पर्ने मात्र होइनन्, जोखिम मोलेर सडक वारपार गर्न बाध्य छन्।

खोकनाको साख गुम्ने खतरा !

सरकारले ठूला विकासका योजनाको ‘रूट’ ललितपुरको खोकनालाई बनाएपछि अहिले सर्वत्र प्रश्न उठ्न थालेको छ– कतै प्राचीन बस्तीको मौलिक साख गुम्ने त होइन ? ‘ठूला योजनाले थिचेपछि बस्तीको रूप कस्तो होला ?,’ स्थानीय अड्कलबाजी गर्न थालेका छन्। यसबारे सरोकारवाला निकाय, संस्कृतिविद् र नागरिक समाजको भिन्न–भिन्न मत छ।

'फास्ट ट्रयाकको मुआब्जा थप्न सकिन्न'

काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणका लागि आधिग्रहण गर्नुपर्ने घर जग्गाको मुआब्जा दर थप गर्ने पक्षमा सरकार नरहेको देखिएको छ। प्रस्थान  विन्दू खोकानाका स्थानीयले मुआब्जा तथा रुटलगायतका विषयमा असहमति जनाइरहँदा सरकारका दुई मन्त्रीले फास्ट ट्रयाकको काम अगाडी बढीरहेको तथा मुआब्जादरको परिवर्तन नहुने जानकारी संसदीय समितिलाई गराएका छन्।

मुअब्जा नपाए काम रोक्ने चेतावनी

काठमाडौं–तराई जोड्ने दू्रतमार्ग (फास्ट ट्र्याक) निर्माणका क्रममा अधिग्रहण भएको जग्गाको उचित मुआब्जा नपाएको भन्दै ललितपुरको लितपुरको खोकना र बुङमतीका बासिन्दाले काममा अवरोध गर्ने चेतावनी दिएका छन्। स्थानीयले सरकारबाट उचित मुअब्जा नपाएको गुनासो गरेका छन्।

मोटरसाइकल र ट्रयाक्टर दुर्घटनामा परी दुईको मृत्यु

महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल र ट्रयाक्टर दुर्घटनामा परी एक महिला र एक बालकसहित दुई जनाको मृत्यु भएको छ।

सडक उद्घाटनको तयारीसँगै डोल्पावासीमा खुसीयाली छाउदै

जाजरकोट–डोल्पा सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएसंगै सडकको औपचारिक उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ।

चिनियाँ कम्पनीद्वारा ‘प्रधानमन्त्री अन्तर्राष्ट्रिय फास्ट ट्रयाक’को हवाई सर्वे

कर्णाली प्रदेशको समृद्धिसँग जोडिएको जमुनाह–हिल्सा सडकको चिनियाँ सिआरसी रेलवे कम्पनीले सर्वे सुरु गरेको छ। भारतसँग सीमा जोडिएको जमुनाहदेखि हिल्सासम्मको ५३० किलोमिटर सडक निर्माणका लागि चिनियाँ कम्पनीले सर्वे सुरु गरेको हो।

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

कञ्चनपुरको वेदकोट नगरपालिका ८ मा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

काठमाडाैं–तराई–मधेश द्रुतमार्ग निर्धारित समयमै : नेपाली सेना

नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडाैं–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) निर्धारित समयमै पूरा हुनेमा आशङ्का नगर्न आग्रह गरेको छ।

द्रुतमार्गको डिपीआर तयार गर्न कोरियाली कम्पनी छनोट

राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडाैं–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ।

फास्ट ट्रयाकको निरीक्षणमा रक्षामन्त्री पोखरेल

राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले निरीक्षण भ्रमण गरेका छन्। भ्रमणका क्रममा पोखरेलले काठमाडौंदेखि निजगढसम्मको द्रुतमार्ग र प्रस्तावित सुरुङ मार्गहरुको हवाई र बेशक्याम्प लेनडाँडा ईलाकाको स्थलगत निरीक्षण गरेका थिए।

नेपाली फुटबलमा पहिलाे पटक ‘जिपिएस ट्रयाकर’ विधि प्रयोग

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक शुक्रवार ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास गरेको छ।

शिद्धबाबामा वैकल्पिक ट्रयाक

प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले शिद्धबाबा सडकखण्डको वैकल्पिक मार्गको स्थलगत अवलोकन गरेका छन्। पोखरेलले झुम्सा–चौकीभञ्याङ–चरङ्गेको निरीक्षण गर्दै दोहोरो गाडी सञ्चालन गर्ने गरि नयाँ ट्याकको स्तरोन्नती गरिने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्