२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

काठमाडाैं–तराई–मधेश द्रुतमार्ग निर्धारित समयमै : नेपाली सेना

काठमाडौं – नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडाैं–तराई– मधेश  द्रुतमार्ग (फाष्ट ट्रयाक) निर्धारित समयमै पूरा हुनेमा आशङ्का नगर्न आग्रह गरेको छ। 

सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा द्रुतमार्ग आयोजना प्रमुख एवं रथी योगेन्द्रबहादुर खाँणले प्राविधिक हिसाबले जति नै चुनौतीपूर्ण रहेपनि सबैबाट रचनात्मक सहयोग र सद्भाव भएमा तोकिएको समयभित्रै निर्माण गर्न सक्षम हुने दाबी गरे। सडकको रेखाङ्कनअनुरुप डाँडा र ढिस्को कटान गर्ने, सम्याउने र खाल्डाखुल्डी भर्ने काम तीव्ररुपमा भइरहेको जानकारी दिँदै उनले भने,“कार्यतालिका, कार्ययोजनाका आधारमा आयोजनाको कामलाई अघि बढाइएको छ।” 

सस्तो मूल्यमा गुणस्तरीय ढङ्गबाट छिटो सम्पन्न गर्न सक्छ भन्ने सरकार र नागरिकको सेनाप्रतिको विश्वासलाई सङ्गठनले इतिहास रच्ने अवसरका रुपमा लिएर काम गरिएको पनि सो अवसरमा जानकारी दिइयो। उक्त द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली सुसुङ परामर्शदाता कम्पनी छनोट भएको छ। 

उक्त कम्पनीसँग यही महीनाको दोस्रो साताभित्रै निर्माणसम्बन्धी सम्झौता हुने तथा सम्झौता भएको चार महिनाभित्र डिपीआर तयार हुने सेनाले जनाएको छ। उक्त डिपीआर करिब १० करोड १५ लाखको लागतमा तयार हुनेछ। द्रुतमार्गले काठमाडौँ र तराईलाई भावनात्मक र भौगोलिकरुपमा जोड्ने विश्वास गरिएको छ।

प्रस्तावित ७६ किमी लामो उक्त सडकलाई १० भागमा विभाजन गरेर २८ वटा कन्ट्रयाक्टरमार्फत काम गरिरहेको सेनाले जनाएको छ। नेपाली सेनाले मुलुकका विभिन्न भागमा हालसम्म १ हजार १ सय १४ किलोमिटर सडक र २९ वटा पुल निर्माण गरिसकेको छ। द्रुतमार्गसहित ५ सय २६ किलोमिटर सडक अहिले सेनाले बनाइरहेको छ।    (रासस)

प्रकाशित: ४ आश्विन २०७५ १०:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App