२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाली फुटबलमा पहिलाे पटक ‘जिपिएस ट्रयाकर’ विधि प्रयोग

फाइल तस्विर

काठमाडाैं - साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक शुक्रवार ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास गरेको छ।

यही भदौ १९ गतेदेखि बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप प्रतियोगितालाई ध्यानमा राखेर ‘जिपिएस ट्रयाकर’ प्रयोग गरेर प्रशिक्षण गरिएको हो। अन्यत्र धेरै अगाडिबाट यसको प्रयोग गरिएपनि नेपाली फुटबलमा यो पहिलो पटक प्रयोग गरिएको हो । यो प्रविधिले साफको मात्र नभइ नेपाली फुटबलको विकासमा सघाउ पुग्ने नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताए। 

यो प्रविधिको प्रयोगले खेलाडीको सम्पूर्ण अभिलेख राख्छ, अभ्यासमा खेलाडीको प्रतिक्रिया, गति र सीपबारे जानकारी दिन्छ। थाइल्याण्डमा १० दिने प्रशिक्षण र यसिएन गेम्सबाट फर्किएपछि नेपाली टोलीले बिहीबारदेखि अभ्यास शुरु गरेको छ। साफका लागि २९ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन्। साफ च्याम्पियनसीपको समूह ‘ए’ मा रहेको नेपालले यही भदौ १९ गते पाकिस्ता विरुद्ध खेलेर साफको शुरुआत गर्नेछ। नेपालले दोस्रो खेलमा भुटानसँग भदौ २१ र बङ्गलादेशसँग २३ मा खेल्नेछ। समूह ‘बी’ मा भारत, श्रीलङ्का र माल्दिभ्स रहेका छन्। रासस

प्रकाशित: ८ भाद्र २०७५ ११:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App