सुर्ती सेवनको खर्च ४० अर्ब
नेपालमा अकाल मृत्युको पहिलो कारक प्रदूषण हो भने दोस्रोमा सुर्तीजन्य पदार्थलाई लिइन्छ। सुर्तीजन्य पदार्थले नेपालमा कुल मृत्युको १९.४९ प्रतिशत हिस्सा ओगटेको छ। हाम्रोजस्तो मुलुकका निम्ति यो दुर्भाग्यपूर्ण स्थिति हो।

तथ्यांकअनुसार प्रत्येक वर्ष नेपालमा सुर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५ सय २९ जना अर्थात् प्रतिघन्टा चारजनाभन्दा धेरैले ज्यान गुमाइरहेका छन्। यो संख्या नेपालको कुल मृत्युको १९.४९ प्रतिशत हो।