४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

गोरखाका कांग्रेस उम्मेदवारलाई सभापति थापाले काठमाडौंमा भेट्ने

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले गोरखा निर्वाचन क्षेत्र नम्बर १ र २ का उम्मेदवारसँग काठमाडौंमा भेटघाट तथा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ। 

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यता तथा महामन्त्री प्रदीप पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार प्रेमकुमार खत्री र गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाशचन्द्र दवाडी सहभागी हुनेछन्। 

फागुन २ गते दिउँसो २ बजे स्वयम्भूस्थित बुद्ध पार्टी प्यालेसमा आयोजना गरिने कार्यक्रममा सभापति थापाले निर्वाचनको राजनीतिक सन्दर्भ, पार्टीको रणनीति तथा गोरखा केन्द्रित अभियानबारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महामन्त्री पौडेलले निर्वाचन तयारी, संगठन सुदृढीकरण र मतदाता संवादका विषयमा धारणा राख्ने बताइएको छ ।  

प्रकाशित: २८ माघ २०८२ १७:३४ बुधबार