निर्वाचनको मुखमा कांग्रेसमा किचकिच
सरकारले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति तोक्ने तयारी गरिरहेका बेला सत्तारुढ नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चुलिन पुगेको छ।
सरकारले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति तोक्ने तयारी गरिरहेका बेला सत्तारुढ नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चुलिन पुगेको छ।
स्व भट्टराईको सालिकको शिलान्यास गर्दै चौधरीले भट्टराई सादा जीवन उच्च विचारका धनी एवं दुरदर्शी नेता रहेको बताएका हुन्। भट्टराईको सालिक शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले स्व. भट्टराइले मेलम्चीको पानी काठमाडौँ लैजाने परिकल्पना गरेको स्मरण गर्दै सो पहल गरेकाले उनको सालिक यहाँ निर्माण गर्न लागिएको बताए।
‘हामी केही जान्दैनौं, एकाधिकार मान्दैनौं’ भन्ने नारा लेखिएका व्यानरहरु प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरुले बैठकमा सहभागी हुन लागेको नेता तथा केन्द्रीय सदस्यहरु समक्ष आफ्ना मागहरु राखेका छन्।
थापाले आगामी साउनको ४ र ५ गते बस्ने मन्त्रिपरिषदले संघ र प्रदेशको निर्वाचनको मिति सार्वजनिक गर्ने जानकारी दिए।
१४औं महाधिवेशनपछि केही समयका लागि सुस्ताएका नेपाली कांग्रेसभित्रका गुट–उपगुट स्थानीय तह निर्वाचनसँगै फेरि सक्रिय हुन थालेका छन्। पार्टीका सबै नेताको ध्यान आफ्नो गुट–उपगुटका मान्छे व्यवस्थापनमा मात्र केन्द्रित हुँदा सांगठनिक संरचनाहरू निकम्माप्रायः बन्न पुगेका छन्।
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले किसानले मल अझै पाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेकी छिन्।
बितेका पाँच वर्ष बुढीनन्दा नगरपालिका अस्तव्यस्त बन्यो। पालिकाको केन्द्र कोल्टीमा न पानी न बिजुली। कोल्टी बासीले हैरानी व्यहोर्न बाध्य भए। पानी खच्चडमा बोकेर खाने कष्ट सहे, उज्यालोका लागि क्यान्डील खरिदमै ठूलो पैसा गुमाए।
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गरेका छन्।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका छन्।
नेपाली काँग्रेसकी नेतृ सुजता कोइरालाले मोरङको विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेकी छन्।
नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले टाँगिया बस्तीमै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थ बन्ने प्रतिबद्धता गरेका छन्।
नेपाली काँग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ।
नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गरेकी छिन् ।
प्रतिस्पर्धी दलमा आउने विवाद र विभाजनको लाभ उठाउँदै नेपाली कांग्रेस सत्ताको भर्याङ चढ्दै आएको विगत छ।