एनआरएनए मलेसियाको अध्यक्षमा तिवारीको उम्मेदवारी
गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्ष रमेश तिवारीले एनआरएन मलेसियाको अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। आगामी अगष्ट २७ मा आयोजना गरिएको पाँचौं अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा उनले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्।