कांग्रेस उम्मेदवारीमा गुटगत सन्तुलन
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा जिल्लास्तरीय नेतालाई अघि सारेको छ । कांग्रेसले तीनवटै प्रदेशमा जिल्ला तहका नेतालाई अघि सारेको हो । पहिलो चरणअन्तर्गत वैशाख ३१ गते तीन प्रदेशका ३४ जिल्लाका चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र एक सय ८६ गाउँपालिकामा हुने निर्वाचनमा कांग्रेसले अधिकांश स्थानमा उम्मेदवारी दिएको छ।