७ आश्विन २०८१ सोमबार
image/svg+xml

सञ्चारमन्त्रीको आरोपः ओलीको पार्टीले जनता झुक्यायो

मन्त्री कार्कीले केपी ओलीले प्रधानमन्त्री हुने बित्तिकै चुनावमा जनता सामू गरेका वाचा पूरा गर्न छाडेर संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने कार्यमा जुटेकोे आरोपसमेत लगाए।

एमालेको इज्जतका लागि भए पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छः ओली

अध्यक्ष ओलीले झापा क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए। उनले एमालेको इज्जतका लागि भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनलाई जिताउनुपर्ने भएको हुँदा राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न कार्यकर्तालाई निर्देशन दिए।

दुई नेताप्रति संकेत गर्दै ओलीले भनेः टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक छैन

‘अब परमादेश होइन् जनादेश खासगरी मंसीर ४ गतेको निर्वाचनबाट जनादेशमार्फत् बलियो, देशलाई स्थिरता दिन सक्ने खालको मजबुत सरकार, देशको विकासलाई अगाडि बढाउन सक्ने खालको, देशमा सुशासन दिन सक्ने खालको स्थिर सरकार यसको व्यवस्था हामी मंसीर ४ गतेको निर्वाचनबाट गर्दैछौं।'

कात्तिक ४ गते ओलीले जनतासँग फोनमा कुरा गर्ने

‘कल केपी बा’ नाम दिइएको आफ्नो फोटोसहितको पोष्टर शेयर गर्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘कात्तिक ४ गते, म तपाईँको सम्पर्कमा हुनेछु, आउनुहोस् कुरा गरौं।’

केपी ओली राजावादीको पाउमा लम्पसार परेः बलदेव चौधरी

‘नेकपा (एमाले) लामो समयदेखि नेपाली कम्युनिष्ट आन्दोलनको अगुवा राजनीतिक दल हो, कम्युनिष्टकै नाममा भोट मागेर पटकपटक सत्ताको सुखभोग पनि गरिसकेको छ’ चौधरीको भनाइ छ ‘तर, अब एमाले चारआना पनि कम्युिनष्ट रहेन। घोर राजावादी र धर्म सम्प्रदायको राजनीतिक मुद्दा बोकेको राप्रपाको पाउमा लम्पसार पर्न पुगेको छ।’

जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले साक्षात्कार गर्ने अवसर गुम्यो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको बताएका छन्।

ओलीले आफू निकटलाई पाखा लगाए

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनतर्फ टिकट वितरण गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सहयोगीहरूलाई पनि पाखा लगाएका छन्।

एमालेको सचिवालय बैठक सुरु, चुनावी तालमेल गर्ने विषयमा छलफल हुँदै

बैठकमा लोकतान्त्रिक समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।

गठबन्धन सरकारले राष्ट्रपतिलाई अपमान गर्‍योः ओली

'संविधनाको धारा ८१ अनुसार सरकारले कुनै पनि विधेयक ल्याउनु अगाडि राष्ट्रपतिलाई देखाउनुपर्छ। त्यो कुरा गठबन्धनको सरकारले अस्विकार गर्‍यो। बलज्बती गरेर नचाहिँने कुराहरु साम्मेल गरेर नागरिकता विधेयक ल्याएर राष्ट्रपति समक्ष पठाइयो। राष्ट्रपतिले सुझावसहित फेरि एकपटक विचार गर्न संसदमा फिर्ता पठाएको तर सरकारले अहंकार देखायो।'

एमालेदेखि गठबन्धन कामेको छः ओली

'अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाविला गर्ने कुरा त्यही पनि उनीहरुको धनु कामेको छ एमाले देखेपछि। गर्मीमा पनि उनीहरु धेरै जाडोमा मानिसहरु काम्छ नि थरर त्यसरी कामेका छन्। त्यसैकारण उनीहरुले यो गठबन्धन बनाउनु परेको छ र। यो गठबन्धन मरिगए छोड्दैन।'

लोसपाका एक सांसद भित्र्याउन भोलि धनुषा आउँदै ओली

२०७४ सालको आम निर्वाचनमा मधेस प्रदेशमा २ सिट मात्रै जितेका नेकपा एमाले अगामी निर्वाचनको मत परिणाम आफ्नो पक्षमा पार्न एमाले अध्यक्ष ओली मधेस दौडहामा लागेका छन्। २०७४ सालको निर्वाचनमा एमालेले मधेस प्रदेशमा रहेको ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये दुई वटा क्षेत्रमा मात्र जित्न सफल भएको थियो।

नागरिकले सजिलै उपचार पाउने अवस्थामा देशलाई पुर्‍याउने एमालेको उद्देश्य होः ओली

संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उनले नागरिक बिरामी हुँदा सजिलै उपचार औषधि पाउने तथा निरोगी भएर बाँच्ने अवस्थामा देशलाई पुर्‍याउने आफूहरुको उद्देश्य रहेको बताए।

नेपाल अरु कसैले चलाउने होइन नेपाली जनताले चलाउने होः ओली

'नेपालमा साम्प्रदायिक विद्वेष भड्काउने प्रयास भए। नेपाललाई द्वन्द्वमा फसाउने कुचेष्टा, लोकतान्त्रिक बाटोमा जान नदिने चेष्टालाई हामीले पराजित गरेर देशलाई लोकतन्त्रको बाटोमा अगाडि बढाएका छौँ', उनले भने।

जबरामाथिको महाअभियोग प्रस्तावको प्रतिवेदन संसद सचिवालयमा पेश गर्न नसकिने एमालेको अडान

‘हामीले हिजो मात्रै केही कागजातहरु प्रमाणका लागि मगाएका छौं। अब ती तथ्यहरु आउनु पर्‍यो नि। सम्पत्ति शुद्धिकरणमा उहाँको सम्पत्ति छानविन हुँदैछ। कति सम्पत्ति रहेछ? प्रधानन्यायाधीश भएपछि अकूत सम्पत्ति कमाएको कुराहरु आएका छन्। त्यसको पनि अध्ययन गर्नु पर्‍यो। त्यसैगरी केही फैसलाका विवादहरु आएका छन्। सर्वोच्च अदालतको भवन निर्माणको ५ अर्ब भन्दा बढीको ठेक्का फाइल पनि मगाइएको छौं। ती अध्ययन गरेर मात्रै अघि बढ्न सकिन्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्