coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले साक्षात्कार गर्ने अवसर गुम्यो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको बताएका छन्।

आइतबार ट्वीट गर्दै ओलीले जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको बताएका हुन्।

उनले लेखेका छन्,'शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी छु। उहाँको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ। अलविदा शताब्दी पुरुष ! हार्दिक श्रद्धासुमन! परिवारजनमा गहिरो समवेदना।'

प्रकाशित: ३० आश्विन २०७९ ०४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App