२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

जनताका आकांक्षा पूरा गर्न समाजवादी अर्थ व्यवस्थाको खाँचो छ: नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको लक्ष्य समाजवादी व्यवस्थाका माध्यमबाट जनताको समृद्धि कायम गर्नुपर्ने बताएका छन्।

गठबन्धनबीच स्थानीय तहको सिट बाँडफाँडप्रति असन्तुष्टि माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँडप्रति असन्तुष्टि जनाएका छन्।

पोखरामा सहज छैन एकीकृत समाजवादीलाई

सत्तारुढ गठबन्धनको मंगलबारको बैठकले पोखरा महानगरपालिकाको मेयर पद नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरेपछिको विरोधमा नेपाली कांग्रेसका असन्तुष्ट समूहले जिल्ला पार्टी कार्यालयमा बुधबार तालाबन्दी समेत गरे। सत्ता साझेदारबीचको गठबन्धनको यो निर्णयले पोखरामा कत्तिको असर पार्ला? कांग्रेसका एकजना नेता भन्छन, ‘सभापति देउवा यो निर्णयप्रति टसमस हुने अवस्था रहन्न। सभापतिको निर्णय उल्ट्याउने र विरोधमा जाने आँट कसैसँग छैन। अर्के चिन्हमा भोट हाल्न मनले मान्दैन। तर, नेताहरुले गरेको निर्णय अटेर गर्न असहज पनि छैन।

पत्रकार सम्मेलनमै कांग्रेस कार्यकर्ताद्वारा विरोध, वडाको भागवण्डामा असन्तुष्टी

धरानमा सत्तारुढ चार दलीय गठबन्धनले गरेको भागवण्डाप्रति नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ताहरुमा चरम असन्तुष्टी देखिएको छ।

स्थानीय तह निर्वाचन: वीरगन्जमा एमाले र लोसपामा तालमेल घोषणा

वीरगन्ज महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच आसन्न स्थानीय तह निर्वाचनका लागि औपचारिक घोषणा भएको छ।

भक्तपुरमा एमालेलाई एउटा वडा सदस्य पनि जित्न दिँदैनौः श्याम बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम बस्नेतले आगामी वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले) लाई भक्तपुरको एउटा वडा सदस्य पनि जित्न नदिने दाबी गरेका छन्।

गठबन्धनभित्र अपमानपूर्ण व्यवहार मान्य हुँदैन: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दल गठबन्धनभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिएका छन्।

समाजवादी प्रेस सङ्गठनको ध्यानाकर्षण

समाजवादी प्रेस सङ्गठन नेपालले पत्रपत्रिका वर्गीकरणसम्बन्धी मापदण्ड समय सान्दर्भिक र वैज्ञानिक बनाई कार्यान्वयन गर्नका लागि ध्यानाकर्षण गराइएको छ।

गठबन्धन बैठकः महानगर र उपमहानगरको सिट बाँडफाँडमा केन्द्रित

सत्ता गठबन्धन दलबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटका विषयमा छलफल भएको छ।

मधेसमा गठबन्धनबाट टाढिँदै जसपाः भट्टराई र यादवसँग दाहालको भेट

स्थानीय तहमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीसँग प्रतिस्पर्धा नगर्ने जसपाका नेताहरूले सार्वजनिक रूपमा घोषणा गरेका थिए तर कैलालीमा त्यस्तो भएन। कैलालीमा जसपाले लोसपा र नेपाल लोकतान्त्रिक पार्टीसँग गठबन्धन गरेको छ।

नयाँ वर्ष देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुनेछ : अध्यक्ष नेपाल

नयाँ वर्ष २०७९ को शुभकामना सन्देश दिँदै उनले २०७९ सङ्घ, प्रदेश र स्थानीय तहको चुनावी वर्षका रुपमा रहेकाले देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष हुने बताए। शुभकामना सन्देशमा उनले संविधान, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि आफूहरु जनताको साथमा हुने बताएका छन्।

त्रियुगामा दुई दर्जन बढी मेयरका आकांक्षी

आसन्न स्थानीय तह निर्वाचनमा सदरमुकाम त्रियुगा नगरपालिकामा दुई दर्जन बढीले प्रमुख (मेयर)मा आकांक्षा राखेका छन्।

विगतको सरकारको कारण मुलुकमा केही आर्थिक समस्या उत्पन्न भयाेः पूर्वप्रधानमन्त्री खनाल

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, 'यसअघिका सरकारका कारण अहिले मुलुकमा आर्थिक समस्या देखापरेको छ। तर चरम आर्थिक सङ्कट भने आइसकेको छैन्।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्