जसपामा पनि मन्त्री फेर्न दबाब
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले मन्त्रीको सूची फेरेपछि जनता समाजवादी पार्टी (जसपा) भित्र पनि पुरानो टिम फिर्ता गरी नयाँ टिम पठाउन पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि दबाब परेको छ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले मन्त्रीको सूची फेरेपछि जनता समाजवादी पार्टी (जसपा) भित्र पनि पुरानो टिम फिर्ता गरी नयाँ टिम पठाउन पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि दबाब परेको छ।
नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुलाई आज शपथ गराउने तयारी भएको छ। एकीकृत समाजवादीले आइतबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो।
कार्यक्षमता, दक्षता र जनहितमा काम गर्नेभन्दा पनि पार्टीका नेतालाई खुसी बनाउने परम्पराले मुलुकको आर्थिक विकास र सुशासन थप कमजोर बन्ने देखिएको छ।
सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आबद्ध दलहरूले सोचेजस्तो सहयोग नगरेको निष्कर्ष निकाल्दै असन्तुष्टि जनाएको छ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन्।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश बनाउनको लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन्।
नेकपा (एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले आयात घटाएर राजस्वमा वृद्धि गर्न नसकिने बताएका छन्।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वीरेन्द्रनगर नगरपालिका–१ को वडाध्यक्षमा पराजित गंगाराम सुनार कार्यपालिका सदस्यमा निर्वाचित भएका छन्।
पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन्। सानो पार्टी, कमजोर संगठन भएको धरातलबाट नेकपा एमालेको लालकिल्ला भत्काउँदै मेयरमा निर्वाचित आचार्यबाट पोखरेलीले धेरै अपेक्षा राखेका छन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सम्बद्र्धन एवम् उन्नयन गर्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिएको बताएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार सामू आगामी मंसीर भित्र संघ र प्रदेशको चुनाव सम्पन्न गरी सक्नुपर्ने अभिभारा रहेको बताएका छन्।
मूलभूत रूपमा सत्ता गठबन्धन सफल भएको छ। यो गठबन्धनलाई प्रदेशसभा र संघीय प्रतिनिधिसभा सदस्यको निर्वाचन तथा त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि अघि बढाउने संकल्प हो। यसमा हामी गठबन्धन दल दृढ छौँ,’ जनप्रतिनिधिसँगको भेटमा दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो। उनले शनिबारदेखि निरन्तर यही कुरा दोहोर्याउँदै आएका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिमूलक संस्थालाई आरोप प्रत्यारोपको थलो नबनाउन आग्रह गरेका छन्।
नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल एक चीन नीतिको पक्षमा रहे÷नरहेको सम्बन्धमा प्रष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन स्वच्छ र भयरहित वातावरणमा हुन नसकेको बताएका छन्।