२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एमाले नाफामा, माओवादी ऋणमा

नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये आर्थिक रूपमा एमाले धनी रहेको पाइएको छ। एमालेको दैनिक आम्दानी करिब चार लाख रुपैयाँ देखिएको छ भने माओवादी केन्द्रको यस्तो आम्दानी रहेको पाइँदैन। माओवादी उल्टै १३ करोड रुपैयाँ ऋणमा डुबेको देखिएको छ।

नेकपा केन्द्रीय कमिटीमा तत्कालीन एमालेबाट ४२ जनाकाे टुङ्गो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट ४२ जना थप सदस्यको नाम टुंगो लागेको छ।

माके–एमाले एकता अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ सन्देश : दाहाल

नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र र एमालेको एकता अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ सन्देश भएको बताएका छन्।

एमाले–माके एकीकरण समारोहमा माधव नेपालले सम्झिए पृथ्वीनारायण शाहलाई

नवगठित नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झिएका छन्।

एमाले–माके एकता जनताको बलिदानको अवमूल्यन : वैद्य माओवादी

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले एमाले–माओवादी केन्द्र एकता जनताको बलिदानको अवमूल्यन भएको टिप्पणी गरेको छ।

'माओवादी एमाले नै बन्नु थियो भने जनयुद्धको अस्तित्व के?’

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको विषयमा अन्य पार्टीका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।  माओवादीबाट छुट्टिएर नयाँ शक्ति पार्टीको संयोजक बनेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टी एकताको विषयमा ट्वीट गर्दै भनेका छन्, ‘नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको २५ औँ स्मृतिदिवसमा हार्दिक श्रद्धासुमन आजैका दिन एमाले माओवादी केन्द्र विलयको घोषणाको कुनै सांकेतिक अर्थ ?

कांग्रेस–एमालेबीच प्रमुख प्रतिपक्षीको प्रतिस्पर्धा

प्रदेश नम्बर दुईको संसदमा प्रमुख प्रतिपक्षी दलको मान्यता प्राप्त गर्न नेपाली कांग्रेस र नेकपा एमाले कडा प्रतिस्पर्धामा उत्रेका छन् ।

एमाले–माओवादी पार्टी एकता आज

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरणको औपचारिक घोषणा हुने भएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बिहीबार पार्टी एकीकरण घोषणा गर्ने निर्णय भएको हो।

एमाले–माओवादीबीच यस्तो छ भागवण्डा

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि भागवण्डा मिलेको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको एक्लाएक्लै वार्तामा भागवण्डा मिलेको हो।

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा आन्तरिक छलफल गर्न बैठक बसेको एमालेले जनाएको छ।

एमाले-माओवादी एकीकरण प्रक्रिया ‘स्थगन’

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आपसी अविश्वास बढ्दै जाँदा एकीकरण प्रक्रिया अघोषित रुपमा स्थगन भएको छ । परिणामस्वरूप दुवै पक्षबाट तिक्त अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् भने दुई पार्टीका अध्यक्षबीचको बैठक पनि पातलिँदै गएको छ।

मोदी अभिनन्दनको विरोध गर्नुको कुनै तुक छैन् : एमाले नेता

सत्तारुढ दल नेकपा एमालेका नेता डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र काठमाडौंमा गरिने नागरिक अभिनन्दनको कसैले विरोध गर्नुको तुक नभएको बताएका छन्।

एमाले र माओवादी विघटनको दिशामा : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू नेतृत्वको दल र एमाले केही दिनमै विघटन भई नयाँ कम्युनिस्ट पार्टी बन्ने बताएका छन्।

एमाले–माओवादी एकता हुन्न : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले एमाले–माओवादी केन्द्रबीच भागवण्डाका कारण एकता नहुने दाबी गरेका छन् । निर्वाचनको समयदेखि नै पार्टी एकताको हल्ला चलाइरहेको भएपनि भागवण्डा नमिलेकै कारणले अहिलेसम्म एमाले–माओवादी एक हुन नसकेको भन्दै थापाले एमाले–माओवादी एकता नहुने बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्