१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माके–एमाले एकता अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ सन्देश : दाहाल

काठमाडौं– नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र र एमालेको एकता अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ सन्देश भएको बताएका छन्। 

विहीबार अपराह्न राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकीकरण समारोहलाई सम्बोधन गर्दै नेता दाहालले समृद्धिको चाहनालाई सम्बोधन गर्न, कम्युनिष्ट दर्शनमा अझ बढी परिमार्जन, विकासको विचारलाई विकसित गर्नका निम्ति, अन्तर्राष्ट्रिय राजनीतिमा स्थिरता र विकासको नयाँ सन्देश दिनका लागि यो एकता अर्थपूर्ण रहेको बताए।

निरंकुशताविरुद्ध वाम र कम्युनिष्टहरु एकै ठाउँमा उभिउन भन्ने आम जनताको चाहना थियो भन्दै यो एकताले विभाजनको श्रृंखला अन्त्य गरेको सन्देश दिएको र नयाँ चेतनातिर अग्रसर गराएको उनको भनाई छ।

जनता र राष्ट्रको आवश्यकताअनुसार मदन भण्डारीले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने सपना देखाएको भन्दै उनकै बलिदानले एकता सम्भव भएको उनले बताए। ‘हामीले निरन्तर एकताको प्रयास गरेको थियौं, वैचारिक संघर्षको उतारचढावले पनि यो विन्दुमा आयौं’, उनले भने। 

उनले यो एकीकरण कसैका विरुद्ध नठानियोस भन्दै जनताको आवश्यकताअनुसार इमान्दार प्रयास हो भने। 

आफूहरुले जनतासँग गरेको एकताको संकल्पलाई पूरा गरेको भन्दै दाहालले एकताको मुख्य उद्देश्य जनता र राष्ट्रलाई समृद्ध बनाउनु रहेको, स्वाधिनतालाई सुदृढ बनाउनु हो, समाजिक न्यायसहितको आर्थिक समृद्धिबाट देशलाई समाजवादतिर लैजानु हो भने।  

एकीकृत पार्टीले जनतासामु गरेका बाचा पूरा गर्ने भन्दै आजबाट नयाँ युगको सुरुवात भएको, अस्थिरता र भुमरीको युग अन्त्य भयो, स्थिरता, समृद्धको युग सुरु भएको बताए।

प्रकाशित: ३ जेष्ठ २०७५ १३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App