२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कम्पनी जस्तो एमाले लोकतन्त्रका लागि खतरा : गगन थापा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सत्तारुढ नेकपा एमाले लोकतन्त्रका लागि खतरा भएको गम्भीर आरोप लगाएका छन्। उनले एमाले पार्टी प्राइभेट कम्पनी जस्तो भएको भन्दै यस्तो पार्टी भएको देशमा प्रजातन्त्रले कहिल्यै फस्टाउन नपाउने दाबी गरे।

‘एमाले–माओवादी एकता वैशाखभित्रै : अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो नेतृत्व’

नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाखभित्रै एकता हुने भएको छ। अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो नेतृत्व हुनेगरी यही महिनाभित्र एकता हुने माओवादी केन्द्रका नेता एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।

एमाले र माअाेवादीबीचकाे एकता सहज विषय होइनः श्रेष्ठ

माओवादी केन्द्रका नेता एवं माओवादीका तर्फबाट पार्टी एकता संयोजक समितिका सदस्य रहेका नेता नारायणकाजी श्रेष्ठले दुई ठूला दलको एकीकरण सहज विषय नभएको बताएका छन्।

एमाले–माओवादी एकताको अलमल

गत असोजमा चुनावी गठबन्धन बनाएका दिनदेखि चर्चामा रहेको नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण भ्यागुत्ताको धार्नी नपुगेझैँ जहाँको त्यहीँ अड्किएको छ। पार्टी एकीकरणको घोषणाका लागि यसबीचमा कम्तीमा पनि आधा दर्जनपटक तिथिमिति तोकिएर पनि ती दिनमा कुनै उपलब्धि हासिल हुन नसकेर सबैनिष्फल भइसकेका छन्।

‘एमाले-माओवादीका नेता कार्यकर्ताबीच विश्वासको वातावरण हुनुपर्छ’

वाम गठबन्धनका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादी पार्टी चाँडै एकीकरण हुने ठोकुवा गरेका छन्। मुलुकमा आर्थिक समृद्धि, सुशासन, स्थिरता र विकास पथमा अघि बढाउने वाम गठबन्धनमा आबद्ध दुवै दल एक हुन जरुरी रहेकोले अब चाँडै एकता हुने विश्वास व्यक्त गरे।

एमाले–माओवादी एकताभित्रको अन्तर्य

नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी पार्टी एकताको भित्रीकथा आजभन्दा ६९ वर्ष पहिले भएको राष्ट्रिय कांग्रेस र प्रजातान्त्रिक कांग्रेसको एकताबाट सुरु गरौँ। एकता कति कठिन र समय खाने प्रक्रिया मात्र होइन, यो त बहुतै संवेदनशील, गोप्य र दूरगामी प्रभाव पार्ने विषय पनि हो। त्यसैले एकतालाई एउटा जमातबाट जति सहज र हलुका रूपमा लिने प्रयत्न भइरहेको छ वास्तवमा यो त्यति ओजन नै नभएको विषय होइन।

एकता बराबरी होइन, सम्मानजनक समझदारीमा : एमाले महासचिव पाेखरेल

रक्षामन्त्री एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी एकताबाट आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र) उम्कन नसक्ने बताएका छन्।

तीन घण्टापछि एमाले- माओवादी कार्यक्रम, दुई ब्यानर

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेकपा स्थापना दिवस तथा लेनिन जयन्ती संयुक्तरुपमा मनाउने प्रयास गरे पनि यसको सुरुवातमै ढुंगो लाग्यो। कार्यक्रमको लागि बनाइएको ब्यानरमा माओवादी कार्यकर्ताको अनसन्तुष्टि रह्यो।

मार्क्स र लेनिनको तस्बिर छुटेपछि एमाले-माओवादी संयुक्त कार्यक्रममा विवाद

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्तरुपमा मनाउन लागेको नेकपा स्थापना दिवशको व्यानरमा विवाद भएको छ।

‘एमाले–माओवादीबीच एकता हुन नदिन दक्षिणकालीमा कालो बोका भाकल’

नेकपा एमालेका स्थायी कमिटी सदस्य केशब बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाएका छन्।

नेकपा स्थापना दिवस एमाले र माओवादीले संगै मनाउने

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेकपा स्थापना दिवस सँगै मनाउने भएका छन्। बैशाख ९ गते संयुक्त कार्यक्रम गरेर दुई पार्टीले स्थापना दिवस मनाउन लागेका हुन्। कार्यक्रममा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्ताहरुलाई संयुक्तरुपमा सम्वोधन गर्ने छन्।

एमाले–माओवादी एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी

पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ।

किन लम्बिदै छ एमाले माओवादी एकता ? (भिडियो)

नेकपा एमाले र माओवादी केन्द्रबीच बैशाख ९ गते हुने भनिएको एकता टरेको छ। कार्यदलले नेकपा स्थापनाको दिवसको दिन पार्टी एकता गर्न उपयुक्त हुने भन्दै एकता संयोजन समितिलाई सुझाव दिएका थिए।

एमाले – माओवादी एकता संयोजन समितिको बैठक जारी

एमाले माओवादी पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

एमाले – माओवादी एकता संयोजन समितिको बैठक बस्दै

एमाले माओवादी पार्टी एकता संयोजन समितिको बैठक मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्