२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एमाले स्थायी समितिको बैठक जारी

प्रमुख सत्तारुढ दल नेकपा (एमाले) स्थायी समितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

एमाले अध्यक्ष तामाङ सडक दुर्घटनामा घाइते

नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ सडक दुर्घटनामा घाइते भएका छन्। उनलाई थप उपचारका लागि जहाजबाट काठमाडौं लगिएको छ। सोमबार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित नयाँबजारको बेल्सक्याफे नजिक रिक्सा चढ्ने क्रममा से ५ प ५०९१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तामाङ घाइते भएका हुन्।

एमाले सचिव भट्टराई नेतृत्वको टोली ताप्लेजुङकाे पाथिभरामा

धार्मिक पर्यटकीय गन्तव्यको रुपमा पाथिभराको महत्व थप जागृत गराउन ताप्लेजुङ सरोकार केन्द्र काठमाडाैंको ५७ सदस्यीय टोलीले २०७५ सालको नयाँ वर्ष ३ हजार ७ सय ९४ मिटर उचाईको पाथिभरामा मनाउने भएको छ।

एमालेसँग फोरम सशंकित

सरकारमा सामेल हुने औपचारिक निर्णय गरिसकेको संघीय समाजवादी फोरम नेपाल सत्ताको प्रमुख घटक एमालेको कार्यशैलीबाट सशंकित भएको छ। एमालेका कारण सरकारमा सहभागी हुन ढिलाई भएका फोरमका नेताहरूले जनाएका छन्। संविधान संशोधनका लागि लिखित सहमति गर्न सरकारले आलटाल गरेको भन्दै फोरमका नेताहरूले एमालेप्रति असन्तुष्टी जनाएका हुन्।

‘एमाले–माओवादी एकता समानताकै आधारमा हुन्छ’

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले–माओवादी केन्द्रबीचको एकता समानताकै आधारमा हुने स्पष्ट पारेका छन्। बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै नेता रावलले सम्मानजनक रुपमै एकता हुनेमा कुनै दुईमत नरहेको बताए। उनले पार्टी एकताको गृहकार्य भैरहेकोले अब बस्ने एकता संयोजन समितिको बैठकमा ठोस छलफल हुने जनाए।

आइजीपी नियुक्तीमा एमाले र माओवादीबीच विवाद

नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तीबारे सत्ताधारी दल नेकपा एमाले र माओवादी केन्द्रबीच सहमति बन्न नसक्दा निर्णय हुन सकेन। चैत २९ मा प्रहरी महानिरीक्षक प्रकाश अर्याल तथा सबै एआईजी र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले अवकाश पाउने भएपछि भावी आइजिपीको नियुक्तीका लागि मंगलबार विहान बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको थियो।

एमाले माओवादी बैठक विषय प्रवेश अगावै टुङ्गियाे

एमाले माओवादी एकता संयोजन समितिकोे बैठक बिना सहमति टुङ्गिएको छ । कार्यदलमा सहमति नजुटेको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको बैठक बिना सहमति टुङ्गिएको हो।

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ

नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन्। बुधवार बसेको एमाले संसदीय दलको बैठकले प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरीलाई चयन गरेको छ।

एमाले-माओवादी एकता प्रक्रिया : कार्यदलले प्रतिवेदन बुझाए

पार्टी एकताको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठन भएका दुई कार्यदलले आफ्नो प्रतिवेदन बुझाएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एकता संयोजन समितिको बैठकमा राजनीतिक प्रतिवेदन मस्यौता कार्यदल र विधान मस्यौदा कार्यदलले आफ्नो प्रतिवेदन बुझाएका हुन्।

एमाले नेता नेपालले प्रदेश २मा शिखर सम्मेलन गर्ने

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले २ नं. प्रदेशलाई समृद्ध बनाउनका लागि आर्थिक शिखर सम्मेलनको तयारी भइरहेको बताएका छन्।

माओवादीले एकलौटी गरेको एमालेको आरोप

नेकपा एमाले र नेकपा माओवादीले आगामी दिनमा पार्टी एकता गर्नेगरी सरकार गठनमा भागबण्डा गरे। त्यसैगरी प्रदेश, प्रतिनिधी र राष्ट्रिय चुनावमा पनि सहकार्य गरेका थिए।

राष्ट्रपतिमा भण्डारीलार्इ नै दाेहाेर्‍याउने एमाले निर्णय

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पुनः राष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको छ।

राष्ट्रपति उम्मेदवार तय गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन नेकपा एमाले स्थायी कमिटीको बैठक मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।फागुन २९ गते हुन लागेको राष्ट्रपति चुनावका लागि उम्मेदवारको टुंगो लगाउन एमाले स्थाई कमिटीको बैठक बस्न लागेको हो।

राष्ट्रपति उम्मेदवार टुंग्याउन एमालेले बैठक बोलायो

राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्तारूढ नेकपा एमालेले मंगलबार स्थायी समितिको बैठक बोलाएको छ । ‘फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको टुंगो सम्भवतः आज (मंगलबार) लगाउनेछौं’, एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्