काठमाडौं – एमाले स्थायी कमिटीको बैठक सोमबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।
हाल विकसित राजनीतिक परिस्थिति तथा एमाले–माओवादी एकताको विषयमा छलफलका लागि बैठक बस्न लागेको पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
प्रकाशित: ३ वैशाख २०७५ ०६:१८ सोमबार