२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

एकता बराबरी होइन, सम्मानजनक समझदारीमा : एमाले महासचिव पाेखरेल

काठमाडौँ- रक्षामन्त्री एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी एकताबाट आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र) उम्कन नसक्ने बताएका छन्। 

नेपाल मुस्लिम इत्तेहाद संगठनले म‌गलबार आयोजना गरेको ‘वर्तमान राष्ट्रिय परिस्थिति र मुस्लिम समुदायको अधिकार’ विषयको विचार गोष्ठी र निर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताबारे कुनै अन्योलमा नपर्न आग्रह गरे। मिलाउन पर्ने सबै विषय मिलाएर निकट भविष्यमा औपचारिक रुपमा पार्टी एकताको घोषणा गरिने उनले बताए। 

“हामी शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने सिद्धान्त र संगठनको संरचनामा आधारित पार्टी हौँ। यही आधारमा एकतामा जानुपर्छ। एकताबाट भागेर कहाँ जाने?” उनले भने, “बराबरी होइन, सम्मानजनक समझदारीमा जे आउँछ त्यो एमालेले मजाले पचाउँछ।” रासस

प्रकाशित: ११ वैशाख २०७५ १२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App