बाँकेमा प्रमुख पार्टीद्वारा उम्मेदवारको नाम सिफारिश
कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा तीन पार्टीले उम्मेदवार सिफारिश गरेका छन्।
कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा तीन पार्टीले उम्मेदवार सिफारिश गरेका छन्।
प्रदेश २ का आठवटा जिल्लामा रिक्त नौ पदका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुन लागेको छ।
सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका स्थानीय तहका सातवटा वडामा आगामी मंसिर १४ गते उपनिर्वाचन हुने भएको छ। प्रदेशका पाँच जिल्लाका सातजना वडाध्यक्षको मृत्यु भएपछि सो ठाउँमा उपनिर्वाचन हुन लागेको हो।
प्रदेशसभा निर्वाचन २०७४ मा प्राप्त विजयी मतलाई नेकपाले यो उपनिर्वाचनमा पनि सुरक्षित पार्न चाहन्छ। कांग्रेसको आन्तरिक व्यवस्थापनको पाटो नै चुनाव जित्ने या हार्ने भन्नेमा निर्णायक बन्ने विश्लेषण कांग्रेसीजनले गरिरहेका छन्।
युरोपेली संघबाट बेलायतको बर्हिगमन (ब्रेक्जिट) को विषयमा लामो रस्काकस्सीबीच बेलायत निर्वाचनमा होमिने भएको छ। डिसेम्बर १२ मा बेलायतमा आम निर्वाचन हुने छ।
हङकङका उच्च तहका लोकतन्त्रवादी अभियन्ता जोसहुवा ओङलाई आसन्न स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि प्रशासनले अयोग्य ठहर गरेको छ।
प्रदेश १ को धरान उपहानगरपालिका, फाल्गुनन्द र चिचिला गाउँपालिकाको प्रमुखका लागि र विभिन्न स्थानका वडाध्यक्ष र सदस्यका लागि हुने उपनिर्वाचनको माहोल तात्न थालेको छ। प्रदेश १ मा सत्तारुढ दल नेकपा, नेपाली कांग्रेस र समाजवादी पार्टीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। अहिले राजनीतिक दलहरू उम्मेदवारको नाम टुंग्याउने अभियानमा रहेका छन्।
कर्णालीका दुई जिल्लामा उपनिर्वाचनको तयारी तीव्र पारिएको छ। यहाँका राजनीतिक दलले उम्मेदवार चयनदेखि प्रचारप्रसार कार्यक्रम अगाडि बढाएका छन्। हुम्लाको खार्पुनाथमा उपाध्यक्षका लागि र सल्यानको कुमाख गाउँपालिका–५ का वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ। हुम्लाको खार्पुनाथकी उपाध्यक्ष सिन्धु हमाल शाहीको असार ३ गते कर्णाली नदीमा जिप दुर्घटनामा मृत्यु भएको थियो।
नेकपाले स्वर्गीय अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने कांग्रेसले उम्मेदवारबारे कुनै निर्णय लिइसकेको छैन। उसले यसअघि पराजित उम्मेदवार देवराज चालिसेलाई नै उम्मेदवार बनाउने तयारी गरे पनि केन्द्रमा १६ आकांक्षीको नाम पठएको छ।
कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणमा प्रदेश राजधानी वीरेन्द्रनगर–११ मा टमाटर खेतीका लागि स्थायी प्रकृतिका ४० वटा प्लाष्टिक घर र ३० वटा च्याउ खेतीका लागि टनेल घर निर्माण भएको उल्लेख छ।
बेलायतमा आगामी डिसेम्बरमा आम निर्वाचन हुने भएको छ। यहाँको तल्लो सदन हाउस अफ कमन्सले समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई बहुमतले पारित गरेको छ। योसँगै डिसेम्बर १२ मा आमनिर्वाचन हुने निश्चित भएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने चेतावनी दिएका छन्।
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कास्कीमा तयारी तीव्र पारिएको छ। निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन, निर्वाचन अधिकृतको नियुक्ति, मतदानस्थल र मतदान केन्द्र तोक्नेलगायतका आवश्यक तयारी गरेको छ भने दलहरु उम्मेदवार छनोटमा व्यस्त छन्।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बैतडीमा चहलपहल बढेको छ। उपनिर्वाचन हुने वडामा चुनावी सरगर्मी बढेको हो।
राष्ट्रिय जनता पार्टी नेपालले उपनिर्वाचन तयारी सुरु गरेको छ। राजपाको अध्यक्षमण्डलको शुक्रबारको बैठकमा उपनिर्वाचन तयारीबारे छलफल भएको महासचिव केशव झाले बताए।