७ आश्विन २०८१ सोमबार
image/svg+xml

मेरो पक्षमा मत आउने देखेर कार्यकर्ताको क्रियाशिल सदस्यता रोके: कोइराला

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले आफ्नो पक्षमा मत आउने देखेर सभापति शेरबहादुर देउवाले राप्रपाबाट समायोजन भएर आएका नेता तथा कार्यकर्ताको क्रियाशिल सदस्यता रोकेको बताएका छन्।

कांग्रेसको अबको लक्ष्य तीनै तहको निर्वाचन जित्ने होः सहमहामन्त्री महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको अबको लक्ष्य आगामी तीनै तहको निर्वाचन जित्ने रहेको बताएका छन्।

बुधबार सात जिल्लामा कांग्रेसको वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये बुधबार सात जिल्लामा अधिवेशन हुँदैछ।

पार्टी र सरकारमा एक्लिँदै देउवा

असार २९ गते प्रधानमन्त्री भएका देउवा नेतृत्वको सरकार गठबन्धन दलबीच सहमति जुट्न नसक्दा पाँच सदस्यमा सीमित छ । मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइसँगै देउवाको आलोचना बढ्दै गएका बेला उनले आफ्नै पार्टीमा निकटहरूको पनि साथ गुमाउँदैछन् ।

संविधानले राजनीतिक र संवैधानिक विवादको अन्त्य गरेको छ: डा.महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले संविधानले राजनीतिक र संवैधानिक विवाद अन्त्य गरेको बताएका छन् ।

कांग्रेस अलोकतान्त्रिक बन्दै गएको छ : डा. कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेस अलोकतान्त्रिक प्रवृतिबाट अघिबढीरहेको बताएका छन्।

अधिवेशन अन्यौलताले बाँकेका कांग्रेस कार्यकर्ता निराश

केन्द्रले अधिवेशन हुन नसकेका बाँकी जिल्लाका लागि पछिल्लो पटक असोज ५ गते अधिवेशन तोकेपनि अहिलेसम्म कुनै सुरसार छैन।

सरकारका ६० दिन : मन्त्रिमण्डल विस्तारमा ढिलाइ, हाम्राभन्दा राम्रालाई नियुक्ति

नयाँ सरकारसँग आम नागरिकको बढी नै आकाङ्क्षा थियो तर सबै जनचाहना पूरा गरिहाल्ने बेला भने भएको छैन। यस अवधिमा देउवा सरकारले केही आशा जगाउने खालका कदमको भने सुरुआत गरेको देखिएको छ।

मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउँछ: नेता सिंह

नेता सिंहले पार्टीको १४औँ महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए । उनले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको उल्लेख गर्दै विवाद भएका जिल्लामा विधानअनुसार समस्या समाधान गर्नुपर्ने बताए।

धरान नगर कांग्रेसमा नेतृत्वका लागि रस्साकस्सी

कम्युनिस्टको गढ धरानमा गत स्थानीय तह उपनिर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवारलाई हराउँदै पहिलोपटक कांग्रेस उम्मेदवार तिलक राईले मेयर जितेका थिए । त्यसैले पनि धरानमा कांग्रेसको नेतृत्वमा पुगेर आगामी स्थानीय तह निर्वाचनबाट पनि स्थानीय सरकारमा कब्जा जमाउने दाउ दुवै पक्षमा रहेको देखिन्छ।

कांग्रेस शीर्ष नेताबीच क्रियाशील सदस्यता विवाद शीघ्र टुङ्ग्याउने सहमति

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शीर्ष नेतासँग समसामयिक राजनीतिलगायत पार्टीको महाधिवेशनका विविध विषयमा छलफल गरेका थिए।

नेपाली कांग्रेस 'बीपी' को सभापतिमा शेरचन

विशेष महाधिवेशन सम्पन्नपछि चयन भएका पार्टी सभापति शेरचनले कांग्रेस( बीपी) ले जननायक विश्वेश्वरप्रसाद कोइरालाको विचारलाई देशभर फैलाउने प्रतिबद्धता व्यक्त गरे।

कांग्रेस निर्वाचन समितिलाई पौडेल पक्षको ध्यानार्कण

पौडेल पक्षका नेताहरू बिहीबार पार्टी कार्यालय सानेपा गई निर्वाचन समितिका पदाधिकारीसँग भेट गरेका थिए। डडेलधुराको वडा अविधेशनको घटनालाई गम्भीर रूपमा लिन र यस्तो रवैया अन्य जिल्लामा दोहर्‍याउन नदिन पौडेल पक्षका नेताहरूले समितिका सदस्यहरूसँग ध्यानकर्षण गराएका थिए।

साझा उम्मेदवार छान्न पौडेल पक्षलाई सकस

पौडेल पक्षबाट सभापतिका आकांक्षी चार नेता आफ्नो अडानबाट पछि हटेका छैनन्। उनीहरूले आआफ्नै पक्षमा भित्रभित्रै तयारी गरिरहेका छन्। उनीहरू अहिले वडा तहबाटै आफू निकट प्रतिनिधिहरू बढीभन्दा बढी ल्याउने र बलियो भएको सन्देश दिने रणनीतिमा छन्।

आशा देखाउनेहरूका नाममा

लोकतन्त्र आएपछि जनताले सुख पाउँछन् भनियो। लोकतन्त्र आयो तर जनताका लागि आएन। शायद अरूकै लागि आयो लोकतन्त्र। त्यसैले लोकतन्त्रबाट अरू नै लाभान्वित भए, जनताचाहिँ हुन सकेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्