११ चैत्र २०८२ बुधबार
image/svg+xml

कोइलाको प्रयोग बढ्दै : प्रदूषण र स्वास्थ्य जोखिममा

इरान युद्धपछि ग्यास आपूर्ति घट्दा भारत, दक्षिण कोरिया, इन्डोनेसिया, थाइल्यान्ड, फिलिपिन्स र भियतनामले कोइलामा निर्भरता बढाएका हुन्।

४९ सांसदले लिँदैछन् मातृभाषामा शपथ

नवनिर्वाचित ४९ जना प्रतिनिधिसभा सदस्यले नेपालीबाहेक आफ्नै मातृभाषामा पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

‘तेल भिसा’का निर्माता शिवराज कार्की पक्राउ

कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी र वैदेशिक रोजगारसम्बन्धी कसुरको आरोपमा पक्राउ गरेको हो।

नदीजन्य सामग्री अभावले सडक पूर्वाधार निर्माण सुस्त

स्थानीय तहले नदीजन्य सामग्रीको व्यवस्थापनमा सक्रियता देखाउन नसक्दा आयोजना सञ्चालनमा थप चुनौती सिर्जना भएको छ।

महिला मन्त्रालय गाभ्ने विषयमा बहस: ‘मितव्ययिता’ कि अधिकार कटौती ?

भाबी प्रधानमन्त्रीका रुपमा हेरिएका बालेन मन्त्रालय घटाएर १६ बनाउने अडानमा रहँदा सभापति लामिछाने भने १८ मन्त्रालयको पक्षमा उभिएका स्रोतले बताएको छ ।

उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले शिष्टाचार भेट गरेका छन्।

जेन-जी क्लिनिकमा बिरामी न्यून, सेवा भने निरन्तर

टिचिङ अस्पतालका आकस्मिक विभाग प्रमुख डा. रमेश महर्जनका अनुसार, कहिलेकाहीँ मात्र घाइतेहरू उपचारका लागि आउने गरेका छन्।

काठमाडौं विश्वविद्यालय ‘एचई उच्च शिक्षा र्‍याङ्किङ’मा १२२ औँ स्थानमा

संयुक्त राज्य अमेरिकास्थित एक संस्थाद्वारा गरिएको ‘एचई उच्च शिक्षा र्‍याङ्किङ’ मा विश्वका पाँच सय सात विश्वविद्यालयमध्ये काठमाडौं विश्वविद्यालय एक सय २२ औँ स्थानमा परेको छ।

निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ।

इरान युद्ध जारी रहे गम्भीर परिणाम भोग्नुपर्नेछः मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इरानसँग अमेरिका–इजरायल युद्ध जारी रह्यो भने यसको परिमाण प्रतिकूल हुने बताएका छन्।

‘बस्ने घरकै टुङ्गो छैन, शौचालय कहाँ बनाउनु ?’

नेपाल खुला दिसामुक्त घोषणा भएको साढे छ वर्ष बितिसक्दा पनि सिरहाको लहान नगरपालिकाका मुसहर बस्तीमा स्वच्छताको अवस्था अझै दयनीय छ।

रविको अभियोग संशोधनविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले आज पनि ‘हेर्दाहेर्दै’ मा राखेको छ।

तीन वर्षदेखि अलपत्र विद्यालय भवन, टिनले बेरेर पढाइँदै विद्यार्थी

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत शिक्षा मन्त्रालयबाट विनियोजित ३६ लाख बजेटमा निर्माण थालिएको थियो। थप बजेट व्यवस्थापन हुन नसक्दा भवन निर्माण स्थगित भएको हो।

पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियान

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पोखराका पर्यटन व्यावसायीले ‘जाउँ है पोखरा’ अभियान थालेका छन्। व्यावसायीले पोखरामा आन्तरिक पाहुना बोलाउन करिब अढाई दशकदेखि यो अभियान थालेका थिए। पोखराका व्यावसायीले थालेको यो अभियानले आन्तरिक पाहुनाको आगमन बढाएको व्यावसायीको भनाई छ।

‘जनताको निर्णयभन्दा ठूलो मेरो बोली होइन’

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं नव-निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफ्नो चुनावी दाबीभन्दा जनताको अभिमत सर्वोपरि रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्