६ आश्विन २०८१ आइतबार
image/svg+xml

दुर्घटनापछि घटे हवाई यात्रु र उडान संख्या

पोखरामा चालकदलका चार सदस्य र यात्रुसहित ७२ जनाको ज्यान जानेगरि यती एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि हवाई यात्रु निकै नै घटेका छन्। यात्रु मात्र घटेका छैनन की हवाई उडान संख्या पनि आधाको हाराहारीमा घटेको हवाई कम्पनिले बताएका छन्। झन्डै आधा संख्यामा यात्रु घटेको हवाई कम्पनिले बताएका छन्।

‘डमी’ दूर्घटनाकाे अभ्यास मंसिर २३ गते, यती विमान दूर्घटना माघ १ गते: उद्दार अभ्यास भने सधै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ‘डमी’ जहाज तयार पारेर दुर्घटना घटाएर उद्धार र आगलागी नियन्त्रणको अभ्यास मंसिर २३ गते मात्र भएको थियो। तर, त्यही उद्धार अभ्यासलाई वास्तविकतामा बदल्ने गरि अघिल्लो साता पोखराको मध्यसहर भएर बग्ने सेतीखोंचमा यती एयरलाइन्सको जहाज खस्यो। काल्पनिक घटनामा उद्धार जति सहज थियो, वास्तविक घटनामा भने त्यो नभएपछि उद्धार क्षमताप्रति प्रश्न उठ्न थालेको छ।

पोखरा हवाई दुर्घटना: अत्यधिक जलेका कारण शव पहिचान गर्न समस्या

काठमाडौँ ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले जानकारी दिए।

सुर्खेतमा हाइलक्स गाडी दुर्घटना हुँदा चारको मृत्यु

आइतबार विहान साढे दुई बजेतिर बा.प्र. ०१०२६च ९२१३ नम्वरको डबल क्याप वीरेन्द्रनगर–११ को झुप्राखोला नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

दुर्घटनाको असर

विमान यात्रा सवारीहरूमा सबैभन्दा सुरक्षित रहेको विभिन्न अध्ययनले पुष्टि गरेका छन् तर पनि दुर्घटनाले विमानलाई पनि पछ्याउनचाहिँ छाडेको छैन।

विमान दुर्घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न माग

‘यती एयरलाइन्स दुर्घटना प्रभावित नागरिक समाज’द्वारा आज पोखरामा आयोजित भेलामा पीडित परिवारजनले दुर्घटना जाँच आयोगले पीडित पक्षलाई दुर्घटनाबारे विश्वसनीय जानकारी दिन नसकेको र आफूहरुसँग सम्पर्कसमेत नगरेको दुःखेसो गरेका छन्।

यती एयर दुर्घटना: गोष्ठि–बैठकदेखि पाहुनाको यात्रा नै रोकियो

आन्तरिक उडानतर्फ ठुलो संख्यामा मानवीय क्षति हुने गरि पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनापछिको प्रभाव पर्यटन क्षेत्रमा पनि परेको छ। उक्त हवाई दुर्घटनामा १५ जना विदेशी पाहुना सहित ७२ जनाको ज्यान गएको थियो। घटनापछि पोखरा आउने विदेशी पाहुनाको आगमन प्रभावित भएको र दुर्घटनाको असर आन्तरिक पाहुनाको आगमनमा समेत परेको व्यवसायीले बताएका छन्।

यती एयर दुर्घटनाः दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सेली टिम घटनास्थलमा

पोखरामा गत आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली आइपुगेको छ। विदेशी विज्ञको टोली बुधबार नै पोखरास्थित घटनास्थल पुगेको छ। एटिआर विमान निर्माता कम्पनिबाटै प्रतिनिधि आएको नेपाल नागरिक उड्ययन प्राधिकरणले बताएको छ।

यती एयर दुर्घटनाः फरक अंग भेटिँदा पहिचानमा समस्या

गत आइतबार पोखरामा भएको यती एयरको जहाज दुर्घटनामा परेका यात्रुको शव पहिचान गर्न निकै नै समस्या परेको छ। अंगभंग भएको अवस्थामा शवका टुक्रा फेला परेकोले व्यक्ति पहिचानमा समस्या भएको प्रहरीले बताएको छ। व्यक्ति पहिचान मात्र नभई कुन अंग कसको भन्ने पनि छुट्याउन नसकिएको प्रहरीले बताएको छ।

यती विमान दुर्घटनाः शव काठमाडौँ पठाइँदै

शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ।

यती विमान दुर्घटना संयोग मात्रै हो त?

यती समूहले व्यहोरेका १४ मध्ये ७ वटामा मानवीय क्षति भएको छ। २५ मे २००४ मा सोलुखुम्बुमा भएको दुर्घटनामा पहिलोपटक मानवीय क्षति भएको हो, जसमा ३ जनाको मृत्यु भएको थियो।

यती एयर दुर्घटना: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

विमानस्थलका भौतिक पूर्वाधार बेलैमा निर्माण सम्पन्न भए पनि सञ्चालनका बेला गरिएको हतारोले नागरिकप्रति गुनासो थियो। वर्षाैंअघि गर्नुपर्ने काम पनि पूरा नगरी अन्तिममा हतारहतार गरिनुले सरकारी निकायप्रति नागरिकले प्रश्न उब्जाएका थिए।

विमान दुर्घटना: पोखरामा पहिचान नभएका शव भोलि बिहान काठमाडौँ लगिने

पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव भोलि हेलिकप्टरबाट काठमाठौँ लगिने भएको छ।

क्यानद्वारा नेपालमा सञ्चालित सबै एटिआर जहाजको प्राविधिक परीक्षण

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका आन्तरिक उडानमा प्रयोग भइरहेका सबै एटिआर जहाजको प्राविधिक परीक्षण गरेको छ।

विमान दुर्घटना: पोष्टमार्टममा ढिलाई हुँदा आफन्तको पीडाजनक पखाई

पोखरामा विमान दुर्घटनामा परेर मृत्यू भएकाहरुको शव बुझ्न उनीहरुका आफन्तलाई सोमबार बिहान ९ बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल बोलाइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्